मूल्य अभिवृद्धिकरमा बहुदर कायम गर्न निकासी पैठारी संघकाे माग

काठमाडौं । नेपाल समुद्रपार निकासी पैठारी संघले मूल्य अभिवृद्धिकर, आयकर र अन्तःशुल्क क्षेत्रका समस्या बारेमा ध्यानाकर्षण गराएको छ ।

 

संघका उपाध्यक्ष सुनिलकुमार बंशल नेतृत्वको प्रतिनिधिमण्डलले बिहीबार आन्तरिक राजस्व विभागका महानिर्देशक विनोदबहादुर कुँवरलाई भेटी बहुदर सम्बन्धी समस्या अवगत गराउँदै तिनको समाधानका लागि आग्रह गरेको हो ।

 

भेटमा प्रतिनिधिमण्डलका सदस्यले मूल्य अभिवृद्धिकरमा बहुदर कायम गर्न र अन्तर्राष्ट्रिय विमानस्थल हुँदै भित्रिने यात्रुलाई तोकिएभन्दा बढी परिमाणमा मदिरा ल्याउन नदिन पनि आग्रह गरे ।

 

कारोबार बन्द गर्न खोज्दा करका कारणले विभिन्न झमेला हुने र तयारी वस्तुमा भन्दा कच्चा पदार्थमा बढी अन्तःशुल्क लाग्ने गरेकोतर्फ पनि सहभागीले महानिर्देशकको ध्यानाकर्षण गराएका थिए । महानिर्देशक कुँवरले संघले उठाएका खास मुद्दाहरुलाई सम्बोधन गर्नेतर्फ पहल गर्ने बताए

भ्रमण वर्षको प्रचारप्रसार गर्न सार्वजनिक सवारीसाधनमा लोगो राखिने Read Previous

भ्रमण वर्षको प्रचारप्रसार गर्न सार्वजनिक सवारीसाधनमा लोगो राखिने

यी हुन् सबैभन्दा कम ब्याजदरमा आवास कर्जा दिने ५ बैंकहरु Read Next

यी हुन् सबैभन्दा कम ब्याजदरमा आवास कर्जा दिने ५ बैंकहरु