नयाँ आर्थिक वर्षलाई नेप्सेको हरियो कार्पेट

काठमाडौं । नयाँ आर्थिक वर्ष २०८०/८१ लाई सेयर बजारले स्वागत गरेको छ । यस वर्षको पहिलो कारोबार दिन नेप्से उच्च अंकले बढेको हो ।

अधिकांश वाणिज्य बैंक तथा वित्तीय संस्थाले साउनका लागि निक्षेपको ब्यादर घटाएका छन् । ऋणीले पनि असारसम्मको साँवाब्याज भुक्तानी गरिसकेका छन् । अब बैंक तथा वित्तीय संस्थाहरुले धमाधम वित्तीय विवरण र लाभांश घोषणा गर्ने सिजन सुरु हुन लागेको छ । यिनै कारण लगानीकर्ताको मनोबल बढाउँदा बजारले गति लिएको लगानीकर्ता बताउँछन् ।

सूचकसँगै कारोबार रकममा पनि सुधार आएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम १९ करोडले बढेर २ अर्ब ५६ करोड रुपैयाँ पुगेको छ ।

सोमबार नेप्से परिसूचक ४७.०७ अंकले बढेर २१४४.१६ विन्दुमा पुगेको छ । यसदिन २५७ कम्पनीको ७६ लाख ३४ हजार १९० कित्ता सेयर किनबेच भएको छ ।

आज कारोबारमा आएका १३ वटा उपसमूह मध्ये म्युचुअल फण्ड बाहेक अरु सबै उपसमूहको परिसूचक बढेको छ । विकास बैंक समूहको परिसूचक सबैभन्दा धेरै ४.१४ प्रतिशतले बढेको छ ।

आज शिवम् सिमेन्टको सर्वाधिक कारोबार भएको छ । यसको पौने १५ करोड रुपैयाँ बढीको सेयर किनबेच भएको छ । त्यस्तै, हिमालयन लाइफको १० करोड र साइन रेसुंगा डेभलपमेन्ट बैंक पौने ८ करोडको कारोबार हुँदै शीर्ष तीनमा रहे ।

उच्च अंकले बढेको बजारमा आज ३ कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । बीपीडब्ल्यू लघुवित्त, युनाइटेड अजोड इन्स्योरेन्स र अभियान लघुवित्तको सेयर मूल्य १० प्रतिशतले बढेको छ ।

बजेट कार्यान्वयनको प्रभावकारी योजना बनाउन मन्त्रालयका सचिवहरूलाई निर्देशन Read Previous

बजेट कार्यान्वयनको प्रभावकारी योजना बनाउन मन्त्रालयका सचिवहरूलाई निर्देशन

पोखरा विमानस्थलमा ३६ लाख लिटरको इन्धन ट्यांकी निर्माण सुरू Read Next

पोखरा विमानस्थलमा ३६ लाख लिटरको इन्धन ट्यांकी निर्माण सुरू