बजेट कार्यान्वयनको प्रभावकारी योजना बनाउन मन्त्रालयका सचिवहरूलाई निर्देशन

काठमाडौं । नेपाल सरकारका मुख्यसचिव डा. वैकुण्ठ अर्यालले आर्थिक वर्ष २०८०/८१ को बजेट र नीति तथा कार्यक्रमको कार्यान्वयन र योजना तर्जुमामा प्रभावकारीरुपमा कार्य गर्न आज विभिन्न मन्त्रालय र निकायका सचिवहरुलाई निर्देशन दिएका छन् ।

नयाँ आर्थिक वर्षको पहिलो दिन सिंहदरबारमा भएको बैठकमा मुख्यसचिव अर्यालले बजेट र नीति तथा कार्यक्रमअनुसार योजना तर्जुमा र तिनको प्रभावकारी कार्यान्वयनका सन्दर्भमा कुनै कमी नगर्न निर्देशन दिएका हुन् ।

बैठकमा सहभागी एक सचिवका अनुसार सरकारले लिएका ‘माइलस्टोन’लाई पूरा गर्न आवश्यक योजना तय गरी बेरुजु फट्र्यौटमा ध्यान दिन छलफल भएको छ ।

यसैगरी निजामती प्रशासनलाई विश्वसनीय बनाउने सवालमा बैठकमा हाल देखिएका कतिपय समस्याका विषयमा पनि बैठकमा छलफल भएको जनाइएको छ ।

लयमा फर्किँदै घरजग्गा कारोबार, असारमा झण्डै ४९ हजार किनबेच Read Previous

लयमा फर्किँदै घरजग्गा कारोबार, असारमा झण्डै ४९ हजार किनबेच

नयाँ आर्थिक वर्षलाई नेप्सेको हरियो कार्पेट Read Next

नयाँ आर्थिक वर्षलाई नेप्सेको हरियो कार्पेट