भारतबाट घटेर आयो पेट्रोलको भाउ, डिजेलको भने बढ्यो

काठमाडौं । इन्डियन आयल कर्पोरेशन (आइओसी)ले नेपाल आयल निगमलाई पेट्र्रोलियम पद्धार्थको नयाँ मूल्यसूची पठाएको छ ।

आइओसीबाट आइतबार प्राप्त खरिद मूल्यसूची अनुसार पेट्रोलमा प्रतिलिटर ३४ पैसा भाउ घटेर आएको निगमले जनाएको छ । त्यस्तै, डिजेलमा प्रतिलिटर २.४७ रुपैयाँ बढेर आएको छ ।

नयाँ मूल्यसूचीपछि आगामी १५ दिनमा निगमलाई सबै पेट्रोलियम पदार्थमा गरी ५० करोड रुपैयाँ नाफा हुने प्रक्षेपण गरिएको छ ।

नयाँ मूल्य सूची प्राप्त भएसँगै आज निगम संचालक समितिको बैठकले मूल्य समायोजन सम्बन्धी निर्णय गर्ने जनाइएको छ । निगमले अब स्वचालित मूल्य प्रणाली लागू गर्ने तयारी गरिएको बताइएको छ । यद्यपि, औपचारिक घोषणा भने भएको छैन ।

अन्तर्राष्ट्रि बजारमा हुने घटबढ अनुसार आइओसीले हरेक १५/१५ दिनमा निगमलाई नयाँ मूल्य सूची पठाउने गरेको छ ।

९ बैंकले घटाए निक्षेपको ब्याजदर, कुनको कति ? Read Previous

९ बैंकले घटाए निक्षेपको ब्याजदर, कुनको कति ?

जी-२० मुलुकका अर्थमन्त्रीस्तरीय बैठकमा भाग लिन अर्थमन्त्री भारत प्रस्थान Read Next

जी-२० मुलुकका अर्थमन्त्रीस्तरीय बैठकमा भाग लिन अर्थमन्त्री भारत प्रस्थान