लक्ष्मी र सनराइज बैंकको एकीकृत कारोबार सुरू

काठमाडौं । एक आपसमा मर्ज भई लक्ष्मी बैंक र सनराइज बैंकले आजदेखि एकीकृत कारोबार सुरू गरेका छन् । दुई बैंक मर्ज भई ‘लक्ष्मी सनराइज बैंक’को नामबाट एकीकृत कारोबार सुरु गरेका हुन् ।

दुवै बैंकलाई एकीकृत कारोबार गर्न नेपाल राष्ट्र बैंकले असार २२ र कम्पनी रजिष्ट्रार कार्यालयले असार २४ गते अन्तिम स्वीकृति दिएको थियो ।

दुई बैंकबीच गत जेठ ८ गते मर्जरका लागि अन्तिम सम्झौता भएको थियो। दुवै बैंकको असार ३ गते सम्पन्न साधारण सभाले मर्जरसम्बन्धी प्रस्ताव पारित गरेका थिए।

दुवै बैंक समान हैसियत अर्थात् १:१ सेयर अनुपातमा मर्ज भएका हुन् । हाल लक्ष्मी बैंकको चुक्ता पूँजी ११ अर्ब ५५ करोड रुपैयाँ छ भने सनराइजको १० अर्ब ११ करोड रुपैयाँ छ । मर्जरपछि नयाँ बैंकको चुक्ता पूँजी २० अर्ब ६६ करोड रुपैयाँ पुग्नेछ ।

सरकारले भुक्तानी नदिएपछि सडकमा उत्रिए निर्माण व्यवसायी Read Previous

सरकारले भुक्तानी नदिएपछि सडकमा उत्रिए निर्माण व्यवसायी

बजार चलायमान बनाउन सेयर र घरजग्गाको नीति खुकुलो बनाउनुपर्छ : अध्यक्ष अग्रवालको अन्तर्वार्ता Read Next

बजार चलायमान बनाउन सेयर र घरजग्गाको नीति खुकुलो बनाउनुपर्छ : अध्यक्ष अग्रवालको अन्तर्वार्ता