सरकारले भुक्तानी नदिएपछि सडकमा उत्रिए निर्माण व्यवसायी

काठमाडौं । सरकारले भुक्तानी नदिएको भन्दै निर्माण व्यवसायी आन्दोलित भएका छन् । निर्माण सम्पन्न भई बिल पेश गरिएका आयोजनाको सरकारले लामो समयदेखि भुक्तानी रोकेको भन्दै उनीहरु माइतिघरमा धर्ना बसेका हुन् ।

नेपाल निर्माण व्यवसायी महासंघको नेतृत्त्वमा व्यवसायीहरु विभिन्न माग राख्दै धर्नामा बसेका हुन् । निर्माण व्यसायीले लामो समयदेखिको बाँकी बिल तुरून्त भुक्तानी गर्नुपर्ने, ठेक्काको म्याद थप्नुपर्ने, निर्माण सामग्रीको मूल्य समायोजन गर्नुपर्ने लगायत माग राखेका छन् ।

सरकारले भुक्तानी नदिँदा आफूहरुले बैंकको ब्याजसमेत तिर्न नसकेको, कालोसूचीमा पर्ने जोखिम बढेको, आत्मदाह गर्नुपर्ने अवस्था आउन लागेको व्यवसायीले बताएका छन् ।

सरकारले करिब ५० अर्ब रुपैयाँ भुक्तानी  दिन बाँकी रहेको व्यवसायीले बताएका छन् ।

रेल सेवा विस्तार, असार ३१ देखि महोत्तरीको बिजलपुरादेखि जयनगरसम्म चल्ने Read Previous

रेल सेवा विस्तार, असार ३१ देखि महोत्तरीको बिजलपुरादेखि जयनगरसम्म चल्ने

लक्ष्मी र सनराइज बैंकको एकीकृत कारोबार सुरू Read Next

लक्ष्मी र सनराइज बैंकको एकीकृत कारोबार सुरू