चोभारमा अन्तर्राष्ट्रियस्तरकाे फलफूल तथा पुष्प बजार निर्माण अन्तिम चरणमा

सांकेतिक तस्वीर

काठमाडौं । काठमाडौंको चोभारमा निर्माणाधीन अत्याधुनिक फलफूल तथा पुष्प बजार निर्माण अन्तिम चरणमा पुगेको छ । विश्व बैंकको आर्थिक सहयोगमा निर्माण भइरहेको अन्तर्राष्ट्रियस्तरको फलफूल बजार निर्माण ९० प्रतिशत सम्पन्न भएको हो

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका प्रवक्ता प्रकाशकुमार सञ्जेलले चोभार फलफूल बजार निर्माण अन्तिम चरणमा पुगेको बताए । उनेले पूर्वाधार निर्माणको काम सकिएकाले फिनसिङ र डेकोरेसनको काम मात्र बाँकी रहेको बताए ।

उनले बाँकी काम सकिन करिब ४ महिना लाग्ने बताए । ‘ फलफूल बजारको निर्माण अन्तिम चरणमा छ, अब ड्रेनेज र फिनिसिङको काम मात्र बाँकी छ । सो सकिन करिब ४ महिना जति लाग्छ,’ सञ्जेलले चाणक्य पोष्टसँग भने ।

चालु आर्थिक वर्षभित्रै निर्माण पूरा गर्ने भनिएको यो फलफूल तथा पुष्प बजामा ड्रेनेज तथा फाइनल फिनिसिङ नसकिएको उनले बताए । उनले उक्त फलफूल तथा पुष्प बजार निर्माणपछि कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिलाई दिइने बताए ।

अन्तर्राष्ट्रियस्तरको यो फलफूल बजार निर्माण करिब ३३ करोड रुपैयाँ लागत अनुमान गरिएको थियो । आगामी आर्थिक वर्षका लागि बजार निर्माण गर्न ५ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ । हालसम्म आयोजनामा २५ करोड बढी खर्च भइसकेको छ ।

तोकिएको समयवधिमा विश्व बैंकको सहयोगमा कृषि व्यवसायी तथा व्यापार आयोजना (प्याक्ट)ले यो आयोजना पूरा गर्न नसकेपछि अहिले त्यसको जिम्मेवारी कृषि मन्त्रालयले लिएको छ ।

२२ रोपनी जग्गामा बन्न लागेको फलफूल तथा पुष्प बजार अन्डर ग्राउन्ड पार्किङसहितको हुनेछ । अहिले १ हजार ५६० वर्गमिटरमा मुख्य फलफूल बजार बनाइएको छ । पुष्प बजारको लागि भने छुट्टै ४०० वर्ग फिटमा आँखीझ्याल सहितको आकर्षक ४ तले भवन निर्माण गरिने छ ।

नेप्सेमा दोहोरो अंकको करेक्सन, यी ३ कम्पनीको मूल्यमा भने पोजेटिभ सर्किट Read Previous

नेप्सेमा दोहोरो अंकको करेक्सन, यी ३ कम्पनीको मूल्यमा भने पोजेटिभ सर्किट

७ नयाँ ब्रोकरले थाले सेयर कारोबार Read Next

७ नयाँ ब्रोकरले थाले सेयर कारोबार