काठमाडौं । सेयर बजारमा गिरावट आएको छ । बुधबार २५ अंकले बढेको नेप्सेमा आज दोहोरो अंकको करेक्सन आएको हो ।
सूचकमा गिरावट आए पनि कारोबार रकम भने बढेको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम २१ करोड बढेर ३ अर्ब ३९ करोड रुपैयाँ पुगेको छ ।
बिहीबार नेप्से परिसूचक १२.६२ अंकले घटेर २०८४.९३ विन्दुमा आइपुगेको छ । यसदिन २९६ कम्पनीको ९३ लाख ८२ हजार ४४० कित्ता सेयर किनबेच भएको छ ।
आज कारोबारमा आएका १३ वटा उपसमूह मध्ये ३ उपसमूहको परिसूचक बढेको छ भने १० को घटेको छ । फाइनान्स समूहको परिसूचक सबैभन्दा धेरै २ प्रतिशतले घटेको छ ।
आज पनि शिवम् सिमेन्टको सर्वाधिक कारोबार भएको छ । यसको पौने २४ करोड रुपैयाँको सेयर किनबेच भएको छ । त्यस्तै, सोल्टी होटल झन्डै १८ करोड र हिमालयन लाइफको १६ करोड बढीको कारोबार हुँदै शीर्ष तीनमा रहे ।
दोहोरो अंकले बढेको बजारमा आज ३ कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । एनएमबी डिबेन्चर २०८५, एसबीएल डिबेन्चर २०८३ र एनआइबीएल समृद्धि फण्ड २ को सेयर मूल्य १० प्रतिशतले बढेको छ ।