अब माछाको १ वर्षसम्मको बीमा गर्न पाइने, यी ७ अवस्थामा भुक्तानी पाइने

काठमाडौं । व्यावसायिक माछापालन गर्नेले कृषकले अब माछाको न्यूनतम ३ महिनादेखि अधिकतम १ वर्षसम्मका लागि बीमा गर्न पाउने भएका छन् ।

नेपाल बीमा प्राधिकरणले माछाको बीमालेख जारी गर्दै यस्तो व्यवस्था गरेको हो । यो बीमालेख नयाँ आर्थिक वर्ष (साउन १ गते)देखि लागू हुने प्राधिकरणले जनाएको छ ।

माछाको बीमामा बीमाशुल्क ३ प्रतिशत कायम गरिएको छ भने आंशिक बीमा गर्न नपाइने व्यवस्था गरिएको छ । यस्तै, माछा बीमालेख जारी गर्दा मितिमा घण्टा र मिनेट समेत उल्लेख गर्नुपर्ने छ ।

यसैगरी, प्रजनन प्रयोजनका लागि पालिएको माछाको बीमा गर्दा १२ केजीभन्दा बढीको माछाको बीमा नहुने व्यवस्था गरिएको छ । यो बीमालेखमा दुर्घटना बीमा वापत बीमाशुल्क प्रति बीमित ५०० रुपैयाँ तोकिएको छ। बीमितले बीमाशुल्क भुक्तानी गरेको रकम बैंक खातामा जम्मा भएको प्रमाण बीमकले प्राप्त नगरेसम्म बीमालेख जारी गर्न नपाइने भएको छ।

यो बीमाले ७ प्रकारका घटनामा हुने क्षति तथा नोक्सानीको रक्षावरण गर्ने प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार अग्नीजन्य, हावाजन्य, पानीजन्य, भूमिजन्य, चट्याङजन्य, रोगजन्य र आकस्मिक तथा दुर्घटनाजन्य बाह्य कारणहरुबाट हुने क्षतिमा रक्षावरण हुनेछ ।

 

३० करोडमा बनेको कोहलपुरको अत्याधुनिक बसपार्क साउनदेखि सञ्चालनमा आउने Read Previous

३० करोडमा बनेको कोहलपुरको अत्याधुनिक बसपार्क साउनदेखि सञ्चालनमा आउने

लम्पी स्किन महामारी : ३१ अर्ब बढीको क्षति, किसानले पाएनन् बीमा दाबी भुक्तानी Read Next

लम्पी स्किन महामारी : ३१ अर्ब बढीको क्षति, किसानले पाएनन् बीमा दाबी भुक्तानी