काठमाडौं । सेयर बजारमा दोहोरो अंकको वृद्धि भएको छ । अघिल्ला दुई दिन सामान्य अंकले घटेको नेप्से आज एकैदिन २५ अंकले बढेको छ ।
सूचकसँगै आज कारोबार रकममा पनि बढोत्तरी आएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम ३३ करोड बढेर ३ अर्ब १८ करोड रुपैयाँमा पुगेकाे छ ।
बुधबार नेप्से परिसूचक २५.३१ अंकले बढेर २०९७.५५ विन्दुमा पुगेको छ । यसदिन २८९ कम्पनीको ८५ लाख ४ हजार ३७८ कित्ता सेयर किनबेच भएको छ ।
आज कारोबारमा आएका १३ वटा उपसमूह मध्ये होटल र फाइनान्स बाहेक अरु सबै समूहको परिसूचक बढेको छ । हाइड्रोपावर समूहको परिसूचक सबैभन्दा धेरै ४.४१ प्रतिशतले बढेको छ ।
आज शिवम् सिमेन्टको सर्वाधिक कारोबार भएको छ । यसको झन्डै ३४ करोड रुपैयाँको सेयर किनबेच भएको छ । त्यस्तै, हिमालयन लाइफ र सोल्टी होटल समान ९ करोड बढीको कारोबार हुँदै शीर्ष तीनमा रहे ।
दोहोरो अंक्ले बढेको बजारमा आज ८ कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । शिवश्री हाइड्रोपावर, सीवाइसी नेपाल लघुवित्त र रिभर फल्स पावरको सेयर मूल्य ठ्याक्कै १० प्रतिशतले बढेको छ ।
त्यसैगरी, लक्ष्मी इक्वीटी फण्ड, एनआइसी एशिया फेक्जी क्याप फण्ड, शुभम पावर, नेशनल हाइड्रोपावर र कुमारी इक्वीटी फण्डका सेयरधनीले पनि १० प्रतिशत कमाएका छन् ।