लक्ष्मी र सनराइज बैंकको सेवा दुई दिनका लागि बन्द

काठमाडौं । मर्जर प्रक्रियामा रहेका लक्ष्मी बैंक र सनराइज बैंकको बैंकिङ सेवा दुई दिनका लागि बन्द भएको छ ।

यही असार २९ गतदेखि एकीकृत कारोबार सुरू गर्ने तयारी गरेका दुवै बैंकले डाटा माइग्रेसनका लागि आज र भोलि (असार २७ र २८ गते) सम्पूर्ण सेवा (क्रेडिट कार्ड बाहेक)बन्द गरेका हुन् ।

दुई बैंक मर्ज भई २९ गतेदेखि ‘लक्ष्मी सनराइज बैंक’को नामबाट एकीकृत कारोबार गर्दैछन् । दुवै बैंकलाई एकीकृत कारोबार गर्न नेपाल राष्ट्र बैंकले असार २२ र कम्पनी रजिष्ट्रार कार्यालयले असार २४ गते अन्तिम स्वीकृति दिएको थियो ।

दुवै बैंक समान हैसियत अर्थात् १:१ सेयर अनुपातमा मर्ज भएका हुन् । हाल लक्ष्मी बैंकको चुक्ता पूँजी ११ अर्ब ५५ करोड रुपैयाँ छ भने सनराइजको १० अर्ब ११ करोड रुपैयाँ छ । मर्जरपछि नयाँ बैंकको चुक्ता पूँजी २० अर्ब ६६ करोड रुपैयाँ पुग्नेछ ।

उपत्यकामा ट्राफिक नियम उल्लंघन गर्ने पौने ९ लाख सवारी साधन कारबाहीमा Read Previous

उपत्यकामा ट्राफिक नियम उल्लंघन गर्ने पौने ९ लाख सवारी साधन कारबाहीमा

नेप्सेमा दोहोरो अंकको वृद्धि, यी ८ कम्पनीको मूल्यमा पोजेटिभ सर्किट Read Next

नेप्सेमा दोहोरो अंकको वृद्धि, यी ८ कम्पनीको मूल्यमा पोजेटिभ सर्किट