प्रभु बैंकले पशुपति क्षेत्र विकासलाई दियो हाइड्रोलिक गाडी

काठमाडौं । प्रभु बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत पशुपति क्षेत्र विकास कोषलाई हाइड्रोलिक गाडी उपलब्ध गराएको छ ।

सोमबार सँस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीलाई बैंकका कार्यकारी निर्देशक अशोक शेरचनले गाडीको चाबी हस्तान्तरण गरेका हुन् ।

कार्यकारी निर्देशक शेरचनले आगामी दिनमा पनि मन्त्रलय र पशुपति क्षेत्र विकास कोषसंग सहकार्य गरेर अगाडि बढ्ने बताए ।

बैंकले करिब १७ लाख रुपैयाँ मूल्य पर्ने गाडी दिएको हो । सो गाडी पशुपति क्षेत्रको फोहोर उठाउन प्रयोग गरिने छ ।

प्रधानमन्त्री पत्नी सीता दाहालको निधन Read Previous

प्रधानमन्त्री पत्नी सीता दाहालको निधन

बैंकको कर्मचारी हुँ भन्दै अर्काको लाखौं रकम आफ्नो खातामा रकमान्तर Read Next

बैंकको कर्मचारी हुँ भन्दै अर्काको लाखौं रकम आफ्नो खातामा रकमान्तर