प्रधानमन्त्री पत्नी सीता दाहालको निधन

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहालको निधन भएको छ ।

थापाथलीस्थित नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा उपचारका क्रममा ६९ वर्षको उमेरमा दाहालको आज बिहान ८ बजेर ३३ मिनेटमा निधन भएको हो ।

दाहाल पार्किन्सन रोगका कारण लामो समयदेखि अस्वस्थ थिइन् । उनलाई स्वास्थ्यमा समस्या देखिएपछि नर्भिक अस्पताल भर्ना गरिएको थियो । दाहाल माओवादी केन्द्रको सल्लाहकार रहेकी थिइन् ।

व्यवस्था फेरियो, फेरिएन पूँजीगत खर्च गर्ने प्रवृत्ति Read Previous

व्यवस्था फेरियो, फेरिएन पूँजीगत खर्च गर्ने प्रवृत्ति

प्रभु बैंकले पशुपति क्षेत्र विकासलाई दियो हाइड्रोलिक गाडी Read Next

प्रभु बैंकले पशुपति क्षेत्र विकासलाई दियो हाइड्रोलिक गाडी