बागमती प्रदेशले दुग्ध किसानलाई दियो ३० करोड अनुदान

काठमाडौं । बागमती प्रदेश सरकारको कृषि तथा पशुपक्षी विकास मन्त्रालयले चालु आर्थिक वर्षमा दुग्ध किसानलाई रु ३० करोड अनुदान दिएको छ ।

प्रदेशभित्रका २२२ सहकारीमार्फत किसानलाई प्रतिलिटर ३ रुपैयाँ ५३ पैसाका दरले अनुदान दिएको हो । मन्त्रालयका सचिव डा. शरणकुमार पाण्डेका अनुसार गत आर्थिक वर्षमा रु १६ करोडमात्रै प्रतिलिटर १ रुपैयाँ ६३ पैसाका दरले वितरण गरिएको थियो ।

प्रदेशले आव २०७५/७६ मा कार्यविधि बनाएर दुग्ध उत्पादक किसानलाई अनुदान दिन सुरु गरेको हो । कार्यविधिमा दोहोरो नपर्ने गरी अनुदान दिन सकिने व्यवस्था रहेको छ ।

यसै कारण स्थानीय पालिकाले अनुदान दिएका चितवनका तीन पालिकाका किसानलाई अनुदान दिन नसकिएको उनले जानकारी दिए। भरतपुर, राप्ती र माडी नगरपालिकाका ७० वटा सहकारीका किसानलाई अनुदान दिन नसकिएको उनले बताए ।

उनले भने, ‘चाहेर नभएर कार्यविधिले रोकेर दोहोरो अनुदान दिन सकिएन ।’ कार्यविधिमा त्यो व्यवस्था नभएको भए अनुदान दिन सकिने उनको भनाइ छ ।

भरतपुर महानगरपालिकाले प्रतिलिटर रु ३, माडी नगरपालिकाले रु ४ र राप्ती नगरपालिकाले ५० पैसा अनुदान दिँदै आएका छन् । अनुदान रकम दोहोरो परेर रोकिएपछि किसान भने आन्दोलित भएका छन् ।

अनुदानका लागि किसानलाई बैंक खातासमेत खोल्न लगाएर अन्तिम समयमा अनुदान रोकेको किसानको गुनासो छ । उनीहरूले कार्यविधि सच्याएर भए पनि अनुदान दिनुपर्ने माग गरेका छन् ।

ठेक्का अलपत्र पार्ने २३ कम्पनीलाई कालोसूचीमा राखिँदै, प्रक्रिया अघि बढ्यो (सूचीसहित) Read Previous

ठेक्का अलपत्र पार्ने २३ कम्पनीलाई कालोसूचीमा राखिँदै, प्रक्रिया अघि बढ्यो (सूचीसहित)

सिनर्जी पावरले हकप्रदका लागि तोक्यो बुकक्लोज Read Next

सिनर्जी पावरले हकप्रदका लागि तोक्यो बुकक्लोज