सिनर्जी पावरले हकप्रदका लागि तोक्यो बुकक्लोज

काठमाडौं । सिनर्जी पावर डेभलपमेन्ट कम्पनीले हकप्रद सेयर निष्काशनका लागि बुकक्लोज मिति तोकेको छ ।

कम्पनीको संचालक समितिको असार २२ गते बसेको बैठकले ५० प्रतिशत हकप्रद प्रयोजनका लागि साउन १२ गते बुकक्लोज मिति तोकेको हो। सो अनुसार साउन ११ गतेसम्म कायम रहने सेयरधनीले मात्र हकप्रद सेयरमा आवेदन दिन पाउने छन् ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरले ४० करोड ३२ लाख ८७ हजार ५०० रुपैयाँ बराबरको ४० लाख ३२ हजार ८७५ कित्ता हकप्रद सेयर जारी गर्न लागेको हो ।

हाल ८० करोड ६५ लाख ७५ हजार रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको हकप्रद निष्कासनपछि १ अर्ब २० करोड ९८ लाख ६२ हजार रुपैयाँ पुग्नेछ ।

कम्पनीले हकप्रद सेयर निष्काशन तथा बिक्री प्रबन्धकसानिमा क्यापिटल रहेको छ ।

बागमती प्रदेशले दुग्ध किसानलाई दियो ३० करोड अनुदान Read Previous

बागमती प्रदेशले दुग्ध किसानलाई दियो ३० करोड अनुदान

गुल्जार तातोपानी बजार बन्यो खण्डहर, चहलपहल शून्य Read Next

गुल्जार तातोपानी बजार बन्यो खण्डहर, चहलपहल शून्य