ठेक्का अलपत्र पार्ने २३ कम्पनीलाई कालोसूचीमा राखिँदै, प्रक्रिया अघि बढ्यो (सूचीसहित)

काठमाडौं । सरकारले एकैपटक २ दर्जन निर्माण तथा सप्लायर्स कम्पनीहरूलाई कालो सूचीमा राख्ने तयारी गरेको छ ।

लामो समयदेखि ठेक्का ओगटेर काम अलपत्र पार्ने २३ निर्माण तथा सप्लायर्स कम्पनीहरूलाई कालोसूचीमा राख्न सार्वजनिक खरिद अनुगमन कार्यालयले प्रक्रिया अघि बढाएको हो ।

कार्यालयले विभिन्न निकायको सिफारिसमा ती कम्पनीहरुलाई कालोसूचीमा राख्ने प्रक्रिया अघि बढाएको हो । कार्यालयले आइतबार एक सूचना जारी गर्दै ती कम्पनीहरुलाई ७ दिने स्पष्टीकरण सोधेको छ ।

यसअघि ती कम्पनीहरुलाई ३० दिने स्पष्टीकरण सोधिएको भए पनि सम्पर्कमा नआएकाले पुनः ७ दिने स्पष्टीकरण सोधिएको कार्यालयले जनाएको छ । यो समयमा पनि ती कम्पनीले चित्तबुझ्दो स्पष्टीकरण नबुझाए ती कम्पनीहरुलाई कालोसूचीमा पर्नेछन् ।

सरकारले पछिल्लो समय ठेक्का अलपत्र पार्ने ठेकेदारहरु विरुद्ध एक्सनमा उत्रिएको छ । चालु आवको जेठसम्म ठेक्का अलपत्र पार्ने १२५ बढी कम्पनीलाई कालोसूचीमा राखिसकेको छ ।

पैसा थुप्रिँदा बढ्दै बैंकको लागत Read Previous

पैसा थुप्रिँदा बढ्दै बैंकको लागत

बागमती प्रदेशले दुग्ध किसानलाई दियो ३० करोड अनुदान Read Next

बागमती प्रदेशले दुग्ध किसानलाई दियो ३० करोड अनुदान