सार्वजनिक बिदाको दिन पनि बैंक खोल्न राष्ट्र बैंकको निर्देशन

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई असारभर सार्वजनिक बिदाका दिन पनि बैंक खुला राख्न निर्देशन दिएको छ ।

राष्ट्र बैंकले राजस्व संकलन, चेक क्लियरिङ तथा विद्युतीय रकम ट्रान्सफरको फण्ड सेटलमेन्ट गर्न असारभर बैंक तथा वित्तीय संस्थाका राजश्व संकलन गर्ने सम्पूर्ण काउन्टर र शाखा खोल्न निर्देशन दिएको हो ।

नेपाल सरकार, अर्थ मन्त्रालय, महालेखा नियन्त्रक कार्यालयको अनुरोध बमोजिम यो नियम कार्यान्वयन गर्न सबै बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिइएको राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकको निर्देशन अनुसार अब असारका सार्वजनिक बिदाका दिनहरु २३, २४ र ३० गते राति ८ बजेसम्म र असार ३१ गते भने बेलुका ७ बजेसम्म बैंकहरु खुला राख्नुपर्ने छ ।

सो अवधिसम्म नेपाल क्लयरिङ हाउस समेत खुला राख्नु पर्ने राष्ट्र बैंकको निर्देशन छ ।

अब आइएमई पेबाट नेपाल पेको क्यूआर स्क्यान गर्न मिल्ने Read Previous

अब आइएमई पेबाट नेपाल पेको क्यूआर स्क्यान गर्न मिल्ने

पूँजी बजार फोरमको सदस्यमा सागर ढकाल नियुक्त Read Next

पूँजी बजार फोरमको सदस्यमा सागर ढकाल नियुक्त