अब आइएमई पेबाट नेपाल पेको क्यूआर स्क्यान गर्न मिल्ने

काठमाडौं । आइएमई पे एपबाट ‘नेपाल पे’ को क्यूआर स्क्यान गर्न मिल्ने भएको छ ।

यससँगै अब सेवाग्राहीले नेपाल पेको क्यूआर स्क्यान गरी आइएमई पे एपमार्फत भुक्तानी गर्न सक्नेछन् ।

नेशनल पेमेन्ट स्वीच अन्तर्गत नेपाल–क्युआर स्ट्याण्डर्ड अनुसारको क्युआर अन्तर आबद्धता कायम गर्ने गरी नेपाल क्लियरिङ हाउस लिमिटेडले नेपाल पे क्युआर सञ्चालनमा ल्याएको थियो ।

नेपालमा क्यूआर स्क्यान मार्फत भुक्तानी बढ्दै गरेको अवस्थामा आइएमई पे र नेपाल पेको आबद्धताबाट डिजिटल नेपाल अभियानमा थप बल मिल्ने विश्वास गरिएको छ ।

नेपालको पहिलो भुक्तानी सेवा प्रदायक आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवर्द्धित आइएमई पे मोबाइल वालेट एप एक विद्युतीय भुक्तानी सेवा प्रदायक हो। ‘आइएमई पे’ आइएमई ग्रुपको डिजिटल वित्तीय सेवा प्रदायक अन्तर्गतको एक उत्पादन हो।

'गल्ली म्याप' बन्यो स्टार्टअप वर्ल्ड कप नेपालको विजेता Read Previous

'गल्ली म्याप' बन्यो स्टार्टअप वर्ल्ड कप नेपालको विजेता

सार्वजनिक बिदाको दिन पनि बैंक खोल्न राष्ट्र बैंकको निर्देशन Read Next

सार्वजनिक बिदाको दिन पनि बैंक खोल्न राष्ट्र बैंकको निर्देशन