काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र स्युच्टार, काठमाडौं स्थित युनिभर्सल डेन्टल हस्पिटल एण्ड ल्याब ट्रेनिङ इन्स्टिच्युट बीच विशेष छुट सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
सम्झौता अनुसार सिटिजन्स बैंकका कार्डबाहकहरूले युनिभर्सल डेन्टल हस्पिटलका सेवामा २० प्रतिशतसम्म आकर्षक छुट पाउनेछन् ।
यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरू लाभान्वित हुने साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ ।
बैंकले डिजिटल बैंकिङ्ग माध्यमहरूको प्रयोगलाई बढाउन र ग्राहकहरूलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरू सञ्चालनमा ल्याउँदै आएको छ ।
डिजिटल कारोबार गर्दा पाइने छुट सम्बन्धी विस्तृत विवरणहरू सिटिजन्स बैंकको वेबसाइटमा प्राप्त गर्न सकिनेछ ।
सिटिजन्स बैंकले हाल देशभरका १८८ वटा शाखा, ३ वटा विस्तारित काउण्टर, १४३ वटा एटीएम, ६ वटा कियोस्क सेवा र ९७ वटा शाखा रहित बैंकिङ्ग इकाईहरूबाट करिब १६ लाख ग्राहकलाई आधुनिक बैंकिङ्ग सेवाहरू प्रदान गर्दै आएको छ ।