काठमाडौं महानगरले गर्‍यो दुई सहकारीको दर्ता खारेज

काठमाडौं । काठमाडौं महानगरपालिकाले दुई सहकारी संस्थाको दर्ता खारेज गरेको छ ।

शुक्रबार एक सूचना जारी गर्दै महानगरले ज्येष्ठ नागरिक स्वास्थ्य सेवा सहकारी संस्था (वडा नं. ५) र सुकस बचत तथा ऋण सहकारी संस्था (चाबहिल)को दर्ता खारेज भएको जानकारी गराएको हो ।

यी संस्था विनियम बमोजिम संचालन नभएकाले दर्ता खारेजी गरिएको महानगरपालिकाले जनाएको छ ।

दुवै सहकारी संस्थाले महानगरको सहकारी ऐन २०७५, दफा ६६ को उपदफा (१) अनुसार महानगरपालिका समक्ष दर्ता खारेजी स्वीकृतिका लागि निवेदन दिएका थिए । महानगरले सोही अनुसार दुवै सहकारीको दर्ता खारेज गरेको हो ।

कुनै पनि सहकारी संस्थाले आफ्नो उद्देश्य हासिल गर्न सम्भव नभएमा वा सदस्यको हित गर्न नसक्ने भएका साधारण सभाको तत्काल कायम रहेको दुईतिहाई बहुमत सदस्यको निर्णयबाट संस्थाको विघटन गर्न निर्णय गरी दर्ता खारेजी स्वीकृतिका लागि निवेदन दिन सक्ने कानुनी व्यवस्था छ ।

यी सहकारीले तिनुपर्ने दायित्व र उठाउनुपर्ने ऋणको बक्यौता भए १५ दिनभित्र महानगरको सहकारी विभागमा सम्पर्क गर्न समेत भनेको छ ।

 

वर्षा कम भएपछि मात्र मेलम्चीको पानी काठमाडौं ल्याइने Read Previous

वर्षा कम भएपछि मात्र मेलम्चीको पानी काठमाडौं ल्याइने

ईएसजी प्रवद्र्धन गर्न सीबीफिन, डोल्मा र आइआइएन बीच त्रिपक्षीय सम्झौता Read Next

ईएसजी प्रवद्र्धन गर्न सीबीफिन, डोल्मा र आइआइएन बीच त्रिपक्षीय सम्झौता