सन नेपाल लाइफले तोक्यो प्रिमियममा आइपीओ जारी गर्ने मिति

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सले साउन १ गतेदेखि प्रिमियम मूल्यमा प्राथमिक साधरण सेयर (आइपीओ) विक्री गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आइपीओ निष्काशन गने भएको हो ।

कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि प्रतिकित्ता २३९ रुपैयाँ (अंकित मूल्य १०० मा १३९ रुपैयाँ प्रिमियम थपेर) दरले ९ लाख ६० हजार कित्ता सेयर बिक्री गर्ने भएको हो ।

लगानीकर्ताले उक्त आइपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको आइपीओमा साउन १ गतेदेखि साउन १५ गतेसम्म आवेदन दिन पाउने छन् ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट सी-आस्बा अनुमति प्राप्त सम्पूर्ण बैंक तथा वित्तीय संस्था, तिनका शाखा कार्यालयहरु र मेरोसेयरमार्फत अनलाइन आवेदन दिन सक्नेछन् ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेण्ट बैंकिङ लिमिटेड रहेको छ । आइपीओ निष्काशनको लागि गराइएको रेटिङमा केयर रेटिङ नेपालले इन्स्योरेन्सलाई ‘केयरएनपी त्रिपल बी इस्यूअर’ रेटिङ दिएको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यमस्तरको सुरक्षीत रहेको जनाउँदछ ।

असार ३१ देखि प्रिमियममा आइपीओ बिक्री गर्दै सिटिजन लाइफ, प्रतिकित्ता मूल्य कति ? Read Previous

असार ३१ देखि प्रिमियममा आइपीओ बिक्री गर्दै सिटिजन लाइफ, प्रतिकित्ता मूल्य कति ?

६० वर्षपछि फराकिलो बनाइँदै बुटवल-गोरुसिङ्गे-चन्द्रौटा सडक, तिनाउमा सिग्नेचर ब्रिज Read Next

६० वर्षपछि फराकिलो बनाइँदै बुटवल-गोरुसिङ्गे-चन्द्रौटा सडक, तिनाउमा सिग्नेचर ब्रिज