असार ३१ देखि प्रिमियममा आइपीओ बिक्री गर्दै सिटिजन लाइफ, प्रतिकित्ता मूल्य कति ?

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सले असार ३१ गतेदेखि प्रिमियम मूल्यमा प्राथमिक साधरण सेयर (आइपीओ) विक्री गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आइपीओ निष्काशन गने भएको हो ।

कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि प्रतिकित्ता २४४ रुपैयाँ (अंकित मूल्य १०० मा १४४ रुपैयाँ प्रिमियम थपेर) दरले ११ लाख २५ हजार कित्ता सेयर बिक्री गर्ने भएको हो ।

त्यसैगरी, कम्पनीले कर्मचारीका लागि प्रतिकित्ता १०० रुपैयाँ दरले ५ लाख ६२ हजार ५०० कित्ता र प्रतिकित्ता २४४ रुपैयाँ दरले सामूहकि लगानी कोषहरुलाई ५ लाख ६२ हजार ५०० कित्ता सेयर छुट्याएको छ ।

लगानीकर्ताले उक्त आइपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम ११ लाख २५ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको आइपीओमा असार ३१ गतेदेखि साउन १४ गतेसम्म आवेदन दिन पाउने छन् ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट सी आस्बा अनुमति प्राप्त सम्पूर्ण बैंक तथा वित्तीय संस्था, तिनका शाखा कार्यालयहरु र मेरोसेयरमार्फत अनलाइन आवेदन दिन सक्नेछन् ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआइएमबी एस क्यापिटल लिमिटेड रहेको छ । आइपीओ निष्काशनको लागि गराइएको रेटिङमा इक्रा नेपालले कम्पनीलाई ‘इक्राएनपी इस्यूअर रेटिङ त्रिपल बी’ रेटिङ दिएको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यमस्तरको सुरक्षीत रहेको जनाउँदछ ।

घोराही सिमेन्ट्सको आइपीओमा पुनः आवेदन खुला, अब कहिलेसम्म भर्न पाइन्छ ? Read Previous

घोराही सिमेन्ट्सको आइपीओमा पुनः आवेदन खुला, अब कहिलेसम्म भर्न पाइन्छ ?

सन नेपाल लाइफले तोक्यो प्रिमियममा आइपीओ जारी गर्ने मिति Read Next

सन नेपाल लाइफले तोक्यो प्रिमियममा आइपीओ जारी गर्ने मिति