घोराही सिमेन्ट्सको आइपीओमा पुनः आवेदन खुला, अब कहिलेसम्म भर्न पाइन्छ ?

काठमाडौं । घोराही सिमेन्ट्सको प्रिमियम मूल्यमा प्राथमिक साधरण सेयर (आइपीओ)मा आवेदन पुनः सुचारु भएको छ ।

फर्जी आवेदनका कारण असार ४ गतेदेखि स्थगित भएको कम्पनीको आइपीओमा आजदेखि पुनः आवेदन दिन पाइने भएको हो ।

नेपाल धितोपत्र बोर्डको असार २० गतेको निर्देशन अनुसार कम्पनीले आजदेखि आइपीओमा आवेदन पुनः सुचारु गरेको हो ।

कम्पनीको आइपीओमा असार २४ गतेसम्म आवेदन दिन सकिने छ । सो अवधिसम्ममा सबै सेयर बिक्री नभएमा ढिलोमा असार ३१ गतेसम्म आवेदन दिन पाइने छ ।

बोर्डको निर्देशन अनुसार यसअघि आवेदन दिइसकेका आवेदकहरुले सो आवेदनमा सेयर संख्या थप/घट गर्न वा आवेदन फिर्ता गर्न चाहेमा असार २२ गतेदेखि २४ गतेसम्म आफ्नो सी आस्बा सदस्य, बैंक तथा वित्तीय संस्थाहरुमा गई लिखित निवदेन दिन सकिने कम्पनीले जनाएको छ ।

कम्पनीले जेठ ३२ गतेदेखि प्रतिकित्ता ४३५ रुपैयाँ (अंकित मूल्य १०० मा ३३५ रुपैयाँ प्रिमियम थपेर) दरले ६९ लाख ११ हजार ६७० कित्ता सेयर बिक्रीमा ल्याएको छ ।

 

 

चालु पूँजी कर्जामा बैंक र व्यवसायी दुवैबाट गल्ती भएको छ : अध्यक्ष ढकाल Read Previous

चालु पूँजी कर्जामा बैंक र व्यवसायी दुवैबाट गल्ती भएको छ : अध्यक्ष ढकाल

असार ३१ देखि प्रिमियममा आइपीओ बिक्री गर्दै सिटिजन लाइफ, प्रतिकित्ता मूल्य कति ? Read Next

असार ३१ देखि प्रिमियममा आइपीओ बिक्री गर्दै सिटिजन लाइफ, प्रतिकित्ता मूल्य कति ?