काठमाडौं । सेयर बजारमा तीव्र उतरचढाव देखिएको छ । बिक्रीकर्ता र खरिदकर्ता बीच तीव्र बार्गेनिङ चल्दा ३१ अंकको उतरचढाव आएको नेप्से अन्त्यमा झिनो अंक्ले घटेर बन्द भएको छ ।
सूचकमा झिनो गिरावट आए पनि आज कारोबार रकममा सुधार आएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम बढेर ३ अर्ब ७ करोड पुगेको छ ।
बिहीबार नेप्से परिसूचक ०.०६ अंकले घटेर २०४९.३८ विन्दुमा आइपुगेको छ । यसदिन २८० कम्पनीको ९७ लाख ५१ हजार ९८५ कित्ता सेयर किनबेच भएको छ ।
आज कारोबारमा आएका १३ वटा उपसमूह मध्ये ६ वटाको परिसूचक बढेको छ भने ७ समूहको घटेको छ । होटल समूहको परिसूचक सबैभन्दा धेरै १.४२ प्रतिशतले बढेको छ ।
आज शिवम् सिमेन्टको सर्वाधिक कारोबार भएको छ । यसको साढे १८ करोड रुपैयाँको सेयर किनबेच भएको छ ।
झिनो अंकले घटेको बजारमा आज ३ कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । सिटी होटल, रावा इनर्जी र माथिल्लो तामाकोसीका सेयरधनीले १० प्रतिशत कमाएका छन् ।