ग्वार्को फ्लाइओभरको निर्माण रोकियो, डिजाइन परिवर्तन गर्नुपर्ने

सांकेतिक तस्वीर

काठमाडौं । ललितपुरको ग्वार्को चोकमा निर्माणाधीन फ्लाइओभरको काम रोकिएको छ । उक्त फरलाइओभरको फाउन्डेसन निर्माणका क्रममा डिजाइनमा त्रुटी देखिएपछि काम रोकिएको हो ।

गुणस्तर अनुसन्धान तथा विकास केन्द्रका इन्जिनीयर रवीन्द्र श्रेष्ठले फरलाइओभरको फाउन्डेसनमा प्राविधिक त्रुटी देखिएपछि काम रोकिएको बताए ।उनका अनुसार फाउन्डेसन बनाउने ठाउँमा माटोको प्रकृति अनुसार पहिलाको डिजाइन नमिलेकाले काम रोकिएको हो ।

फाउन्डेसनको समस्या पहिचान र समाधान गर्न प्राविधिक टोलीले काम गरिरहेको उनले बताए । उनले फरलाइओभर निर्माण अन्तर्गत सबै काम नभएर फाउन्डेसनको मात्रै काम रोकिएको बताए ।

‘फाउन्डेसन बनाउने ठाउँमा स्वाइल नेचर डिजाइन अनुसार भएको पाइएन, त्यसको लागि नयाँ डिजाइन बनाउने कि पुरानै डिजाइनमा बनाउने भनेर कन्सलटेन्ड र कन्ट्रयाकटर बीच छलफल भइरहेको छ,’ श्रेष्ठले चाणक्य पोष्टसँग भने, ‘फाउन्डेसन बाहेकको काम जारी छ ।

उक्त फ्लाइओभर निर्माणको ठेक्का एम/एस आशिष–समानान्तर जेभीले पाएको छ । कम्पनीले १७ करोड ६८ लाख ८८ हजार ८०८ रुपैयाँमा उक्त ठेक्का पाएको हो ।

गत फागुनदेखि काम सुरू भएको उक्त फ्लाइओभर निर्माणका क्रममा ठेकेदारले फाउन्डेसन निर्माणका लागि खाल्डो खनेर माटो निकाल्ने काम गरिरहेको थियो ।

उनले हाल प्यानल बनाउने काम भइरहेको बताए । फ्लाइओभर इन्जिनियरिङ प्रोक्युरमेन्ट कन्स्ट्रक्सन (ईपीसी) मोडलमा निर्माण भइरहेको छ । काम सुरू भएको २ वर्षमा निर्माण सक्ने गरी निर्माण भइरहेको छ । ४५५ मिटर लम्बाइ हुने गरी फ्लाइओभर चक्रपथको बीचमा रहेको ४ लेनमा समानान्तर भएर निर्माण हुनेछ ।

 

नेप्सेमा ३१ अंकको उतरचढाव, यी कम्पनीको मूल्यमा पोजेटिभ सर्किट Read Previous

नेप्सेमा ३१ अंकको उतरचढाव, यी कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

बेरोजगारीको सङ्ख्या ३ लाखमा झार्ने योजना आयोगको लक्ष्य Read Next

बेरोजगारीको सङ्ख्या ३ लाखमा झार्ने योजना आयोगको लक्ष्य