काठमाडौं । सहकारी संस्थाहरुले आगामी साउने १५ गतेभित्र असुल हुने ब्इाजलाई पनि आगामी आर्थिक वर्षकै आयमा गणनाा गर्न पाउने भएका छन् ।
सहकारी विभागले बिहीबार एक निर्देशन जारी गर्दै विश्व अर्थतन्त्रसँगै नेपालको वित्तीय क्षेत्रमा देखिएको असरका कारण ऋणीको ऋण तिर्ने क्षमतामा कमी आएको भन्दै यस्तो व्यवस्था गरेको हो ।
यो व्यवस्थाले आय अवरुद्ध भएका सहकारी संस्थाहरुको वित्तीय कारोबार सहज बनाउन सहयोग पुग्ने विभागले जनाएको छ ।
विभागले ऋणीहरुमा परेको प्रभाव मूल्यांकन गरी मागका आधारमा गत आवमा खराब ऋणीको सूचीमा नपरेका तथा कर्जा पुनर्तालिकीकरणको सुविधा नलिएका र कर्जाको पाकेको ब्याजको ५० प्रतिशत भुक्तानी गरेमा बाँकी सावाँलाई ३ महिनाको अवधिमा लागि मात्रै पुनर्तालिकीकरण गर्न सक्ने सुविधा दिएको छ ।