अपि पावरको हकप्रद पाउन सेयर किन्ने आज अन्तिम दिन

काठमाडौं । अपि पावर कम्पनीको ४० प्रतिशत हकप्रद सेयर सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।

कम्पनीले हकप्रद प्रयोजनका लागि भोलि (असार २२ गते) बुकक्लोज मिति तोकेको हो। सो अनुसार आजसम्म कायम रहने सेयरधनीले मात्र हकप्रद सेयरमा आवेदन दिन पाउनेछन् ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरले १ अर्ब ६५ करोड ३३ लाख १३ हजार ७०० रुपैयाँ बरारबको १ करोड ६५ लाख ३३ हजार १३७ कित्ता हकप्रद सेयर निष्काशन गर्न लागेको हो ।

कम्पनीले हाल सञ्चालन गरी गरिरहेको आयोजनाहरुको ऋणमोचन गर्न हकप्रद सेयर निष्काशन गर्न लागेको हो। कम्पनीले हाल ५ वटा आयोजना संचालन गरिरहेको छ ।

जसमा ८ मेगावाटको अप्पर नौगड गाढ जलविद्युत आयोजना, ८.५ मेगावाटको गौगड गाढ जलविद्युत आयोजना, ४ मेगावाटको चन्द्रनिगाहपुर सौर्य विद्युत आयोजना र १.१ मेगावाटको ढल्केबर सौर्य विद्युत आयोजना र सिमरा सौर्य विद्युत आयोजना रहेका छन् ।

यी आयोजना सञ्चालन गर्न कम्पनीले कुल १ अर्ब ६८ करोड ५५ लाख ७४ हजार ६५ रुपैयाँ ४३ पैसा ऋण लिएको छ।

असार सकिनै लाग्दा २३ प्रतिशत मात्रै  रोपाइँ सकियो, कुन प्रदेशमा कति ? Read Previous

असार सकिनै लाग्दा २३ प्रतिशत मात्रै  रोपाइँ सकियो, कुन प्रदेशमा कति ?

उपत्यकाका ५ स्थानमा थपिए ट्राफिक पोष्ट Read Next

उपत्यकाका ५ स्थानमा थपिए ट्राफिक पोष्ट