उपत्यकाका ५ स्थानमा थपिए ट्राफिक पोष्ट

काठमाडौं । काठमाडौँ उपत्यकाका पाँच स्थानमा अस्थायी ट्राफिक पोष्ट थप गरिएकन छन् ।

उपत्यकाको ट्राफिक व्यवस्थापनलाई थप व्यवस्थित एवं प्रभावकारी बनाउनका लागि काठमाडौँ, भक्तपुर र ललितपुरका पाँच स्थानमा अस्थायी ट्राफिक पोष्ट थप गरिएका हुन् ।

कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टका अनुसार काठमाडौँको मूलपानी र धर्मस्थली, भक्तपुरको दुवाकोट र दधिकोट तथा ललितपुरको चाल्नाखेलमा अस्थायी ट्राफिक पोष्ट थप गरिएको छ ।

पाँच पोष्ट थप गरेसँगै अब उपत्यकाभित्रका ६६ स्थानबाट ट्राफिक व्यवस्थापन हुनेछ । थपिएका पाँच अस्थायी ट्राफिक प्रहरी पोष्टबाट उपत्यकाभित्रका मोफसलमा रहेका स्थानमा समेत ट्राफिक व्यवस्थापन र आवागमनमा थप सहजता हुने विश्वास लिइएको छ ।

हाल काठमाडौँ उपत्यकाभित्र १ हजार ८१४ ट्राफिक प्रहरीमार्फत ट्राफिक व्यवस्थापन हुँदै आएको छ । दरबन्दी भने १ हजार ११३ जनाको रहेको प्रवक्ता भट्टले बताए।

पछिल्लो समय काठमाडौँ उपत्यकासहित देशभर सार्वजनिक तथा निजी सवारीसाधनको सङ्ख्या उल्लेख्यरुपमा बढ्दै गएको छ । हाल बागमती प्रदेशभित्र १८ लाख ३५ हजार १८१ सवारीसाधन दर्ता छन् ।

अपि पावरको हकप्रद पाउन सेयर किन्ने आज अन्तिम दिन Read Previous

अपि पावरको हकप्रद पाउन सेयर किन्ने आज अन्तिम दिन

नेपालमा लगानी गर्न चासो राख्दै इजिप्टका व्यवसायी Read Next

नेपालमा लगानी गर्न चासो राख्दै इजिप्टका व्यवसायी