हवाई भाडा ७५० रुपैयाँसम्म घट्यो, कहाँको कति ? (सूचीसहित)

काठमाडौं । नेपाल आयल निगमले हवाई इन्धनको मूल्य घटाएसँगै हवाई भाडा घटेको छ ।

निगमले सोमबार आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर १४ रुपैयाँ घटाएसँगै नागरिक उड्डयन प्राधिकरणले इन्धन शुल्क (फ्युल सरचार्ज) घटाइ हवाई भाडा समायोजन गरेको हो ।

प्रतिलिटर १५० रुपैयाँ रहेको हवाई इन्धनको भाउ ९.३ प्रतिशत घटाएर १३४ रुपैयाँमा झारेपछि प्राधिकरणले सोही आधारमा हवाई भाडादर समायोजन गरेको हो ।

प्राधिकरणका अनुसार मूल्य समायोजनपछि हवाई भाडा न्यूनतम १२५ रुपैयाँदेखि अधिकतम ७५० रुपैयाँसम्म घटेको छ । जसमा विराटनगर–नेपालगन्ज रुटमा सबैभन्दा धेरै ७५० रुपैयाँ घटेको छ ।

त्यस्तै, काठमाडौं–धनगढी ६१५, काठमाडौं–सुर्खेत ४८५, विराटनगर–नेपालगञ्ज ५५०, पोखरा–भद्रपुर ५७०रुपैयाँ घटेको छ ।

काठमाडौँबाट हुने पर्वतीय उडान (माउन्टेन फ्लाइट)को भाडा ४८५ रुपैयाँ घटेर भाडा ४हजार ६६५ रुपैयाँ कायम भएको छ ।

एकैपटक ५ कम्पनीले पाए आइपीओ जारी गर्न अनुमति, कुनले कति कित्ता ? Read Previous

एकैपटक ५ कम्पनीले पाए आइपीओ जारी गर्न अनुमति, कुनले कति कित्ता ?

'मौद्रिक नीतिले चालु पूँजी, मार्जिन र ठूलो कर्जाका चुनौती व्यवस्थापन गर्नुपर्छ’ Read Next

'मौद्रिक नीतिले चालु पूँजी, मार्जिन र ठूलो कर्जाका चुनौती व्यवस्थापन गर्नुपर्छ’