एकैपटक ५ कम्पनीले पाए आइपीओ जारी गर्न अनुमति, कुनले कति कित्ता ?

काठमाडौं । एकैपटक ५ वटा कम्पनीले प्राथमिक साधरण सेयर (आइपीओ) निष्काशन गर्न अनुमति पाएका छन् । नेपाल धितोपत्र बोर्डले एकैपटक ५ वटा कम्पनीलाई आइपीओ निष्काशनको अनुमति दिएको हो ।

बोर्डले हाथवे इन्भेष्टमेन्ट लिमिटेड, मिड सोलु हाइड्रोपावर लिमिटेड, मान्डु हाइड्रोपावर, सिटिजन लाइफ इन्स्योरेन्स र सन नेपाल लाइफ इन्स्योरेन्सलाई आइपीओ बेच्न अनुमति दिएको हो ।

अनुमति पाएका ५ कम्पनीमध्ये ३ वटाले प्रिमियममा आइपीओ निष्काशन गर्न अनुमति पाएका छन् । माण्डु हाइड्रोपावर, सिटिजन्स लाइफ र सन नेपालले प्रिमियममा आइपीऋो बेच्न अनुमति पाएका हुन् ।

हाथवे इन्भेष्टमेन्टले प्रतिकित्ता ५० रुपैयाँ दरले २९ लाख २५ हजार कित्ता आइपीओ निष्काशन गर्न अनुमति पाएको छ ।

त्यसैगरी, मिड सोलु हाइड्रोले प्रतिकित्ता १०० रुपैयाँमा १४ लाख ९६ हजार ८०० कित्ता र मान्डु हाइड्रोले प्रतिकित्ता २०६ रुपैयाँ (अंकित मूल्य १०० रुपैयाँमा १०६ रुपैयाँ प्रिमियम थपेर)  दरले १६ लाख ३६ हजार ३७० कित्ता आइपीओ आइपीओ निष्काशनको अनुमति पाएको हो ।

त्यस्तै, सिटजन्स लाइफ र सन नेपाल दुवैले प्रिमियमा आइपीओ निष्काशनको अनुमति पाएका छन् । सिटजन्स लाइफले प्रतिकित्ता २४४ रुपैयाँ (अंकित मूल्य १०० रुपैयाँमा १४४ रुपैयाँ प्रिमियम थपेर) दरले १ करोड १२ लाख ५० हजार कित्ता आइपीओ जारी गर्न बोर्डले अनुमति दिएको हो ।

त्यसैगरी, सन् नेपाल लाइफ इन्स्योरेन्सले प्रतिकित्ता २३९ रुपैयाँ (अंकित मूल्य १०० रुपैयाँमा १३९ रुपैयाँ प्रिमियम थपेर) दरले ९६ लाख कित्ता सेयर जारी गर्न स्वीकृति पाएको हो ।

अर्थतन्त्रमा सकरात्मक संकेत देखिन थालिसकेको छ : अर्थमन्त्री Read Previous

अर्थतन्त्रमा सकरात्मक संकेत देखिन थालिसकेको छ : अर्थमन्त्री

हवाई भाडा ७५० रुपैयाँसम्म घट्यो, कहाँको कति ? (सूचीसहित) Read Next

हवाई भाडा ७५० रुपैयाँसम्म घट्यो, कहाँको कति ? (सूचीसहित)