नेप्सेमा लगातार तेस्रो दिन गिरावट, यी हुन् धेरै मूल्य घट्ने कम्पनी

काठमाडौं । सेयर बजारमा लगातार तेस्रो दिन गिरावट आएको छ । गत बुधबारदेखि ओरालो लागेको नेप्सेले आज पनि सोही लय कायम राखेको हो । पछिल्ला तीन दिनमै नेप्से ११० अंकले घटेको छ ।

सूचकसँगै आज कारोबार रकममा पनि गिरावट आएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम १ अर्ब ३ करोड घटेर ४ अर्ब ५ करोडमा सीमित भएको छ ।

सोमबार नेप्से परिसूचक २१.३२ अंकले घटेर २०७५.९७ विन्दुमा आइपुगेको छ । यसदिन २७६ कम्पनीको ९४ लाख १८ हजार ९५२ कित्ता सेयर किनबेच भएको छ ।

आज कारोबारमा आएका १३ वटा उपसमूह मध्ये होटल र व्यापार बाहेक अरु सबैको परिसूचक घटेको छ । जीवन बीमा समूहको परिसूचक सबैभन्दा धेरै १.८३ प्रतिशतले घटेको छ ।

आज हिमालयन लाइफको सर्वाधिक कारोबार भएको छ । यसको झन्डै २४ करोड रुपैयाँको सेयर किनबेच भएको छ । त्यस्तै, सोल्टी होटल र नागरिक लगानी कोष समान २० करोड बढीको कारोबार हुँदै शीर्ष तीनमा रहे ।

दोहोरा अंकले घटेको बजारमा पनि आज ३ कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।, सीवाइसी नेपाल लघुवित्त, बीपीडब्ल्यू लघुवित्त र सिटी होटलको सेयर मूल्य १० प्रतिशतले बढेको छ ।

घट्दो बजारमा आज लक्ष्मी इक्वीटी फण्डका सेयरधनीले सर्वाधिक ८.९५ प्रतिशत गुमाएका छन् । यस्तै, सामुदायिक लघुवित्त ७.१३, पाँचथर पावर ६.०१, सयपत्री हाइड्रोपावरको सेयर मूल्य ५.४१ प्रतिशतले घटेको छ ।

लहडमा शिलान्यस गरिएको मित्रपार्कको आकाशेपुल, २ वर्षमा पनि बनेन Read Previous

लहडमा शिलान्यस गरिएको मित्रपार्कको आकाशेपुल, २ वर्षमा पनि बनेन

अघि बढ्दै कैलाली सेज निर्माण, रुख कटान थालिँदै Read Next

अघि बढ्दै कैलाली सेज निर्माण, रुख कटान थालिँदै