एनआइएमबी एस क्यापिटलको एकीकृत कारोबार सुरू

काठमाडौं । एनआइएमबी एस क्यापिटल लिमिटेडको एकीकृत कारोबार सुरू भएको छ ।

साविकको एनआइबीएल एस क्यापिटलले मेगा क्यापिटल मार्केट्सलाई प्राप्ति गरी आजदेखि एनआइएमबी एस क्यापिटलको नामबाट एकीकृत कारोबार सुरु भएको हो ।

दुवै संस्थाहरुकोे गत जेठ २९ गतेको विशेष साधारण सभाले प्राप्ति सम्बनधी प्रस्ताव पारित गरेको थियो । दुवै क्यापिटल समान हैसियता अर्थात् १:१ सेयर अनुपातमा गाभिएका हुन् ।

एकीकृत कम्पनीको चुक्ता पूँजी ४७ करोड रुपैयाँ, ४ लाख ८५ हजार भन्दा बढी हितग्राही खाता, ७ वटा शाखा कार्यालयहरु र ५५ वटाभन्दा बढी कम्पनीको सेयर रजिष्ट्रार कार्यमार्फत करिब २५ लाखभन्दा बढी सेयरधनीहरुलाई सेवा प्रदान हुने कम्पनीले जानकारी दिएको छ ।

मर्जरपछि हाल गर्दै आएको मर्चेन्ट बैंकिङ तथा इन्भेष्टमेण्ट बैंकिङ व्यवसायमा गुणात्मक असर पर्नुको साथै प्रदान भइरहेका सेवाहरु अझ सुदृढ र सशक्त रूपमा विस्तार हँुदै धितोपत्र बजारमा आफ्नो विशिष्ट पहिचान बनाउन सकिने विश्वास क्यापिटलले लिएको छ ।

नेपालगञ्ज विमानस्थलमा डिजिटल प्रणाली सञ्चालन, २० स्थानको मौसमको जानकारी लिन सकिने Read Previous

नेपालगञ्ज विमानस्थलमा डिजिटल प्रणाली सञ्चालन, २० स्थानको मौसमको जानकारी लिन सकिने

निजी विद्यालयले दिने छात्रवृत्तिका लागि आफैं परीक्षा लिने महानगरको तयारी Read Next

निजी विद्यालयले दिने छात्रवृत्तिका लागि आफैं परीक्षा लिने महानगरको तयारी