नेपालगञ्ज विमानस्थलमा डिजिटल प्रणाली सञ्चालन, २० स्थानको मौसमको जानकारी लिन सकिने

काठमाडौं । नेपालगञ्ज विमानस्थलले मौसमी जानकारीका लागि डिजिटल प्रणाली संचालनमा ल्याएको छ । नागरिक उड्डयन प्राधिकरण र जल तथा मौसम विभागको सहकार्यमा यो प्रणाली संचालनमा आएको हो।

नेपालगञ्जदेखि विभिन्न गन्तव्यमा उडानअघि मौसमी जानकारी दिनका लागि यो डिजिटल प्रणाली संचालनमा ल्याइएको हो ।

सो प्रणालीमार्फत धनगढी, महेन्द्रनगर, सुर्खेत, शान्तिपुर, टिकापुर ,सल्ले, लमहीलगायत २० ठाउँको मौसमी जानकारी लिन सकिने बताइएको छ । यससँगै अब सुर्खेत, जुम्ला, डोल्पालगायत गन्तव्यतर्फ उडान अघि मौसमको जानकारी दिन थप सहज हुने भएको छ ।

यो विमानस्थलमा विभिन्न वायुसेवा कम्पनीका एटीआर-७२ सिरिज जहाजले नियमित उडान गर्दै आएका छन् ।

२.५ किलो सुन तस्करीकाे अनुसन्धान गर्न बुटवलका दुई सुन पसलमा सिलबन्दी Read Previous

२.५ किलो सुन तस्करीकाे अनुसन्धान गर्न बुटवलका दुई सुन पसलमा सिलबन्दी

एनआइएमबी एस क्यापिटलको एकीकृत कारोबार सुरू Read Next

एनआइएमबी एस क्यापिटलको एकीकृत कारोबार सुरू