काठमाडौं । इन्डियन आयल कर्पोरेशन (आइओसी)ले नेपाल आयल निगमलाई पेट्र्रोलियम पद्धार्थको नयाँ मूल्यसूची पठाएको छ ।
आइओसीबाट शनिबार प्राप्त खरिद मूल्यसूची अनुसार पेट्रोलमा प्रतिलिटर १४ पैसा भाउ घटेर आएको निगमले जनाएको छ । त्यस्तै, डिजेलमा प्रतिलिटर २.१६ रुपैयाँ बढेर आएको छ ।
निगमका अनुसार खाना पकाउने एलपी ग्यासको मूल्य पनि घटेर आएको छ । प्रतिसिलिण्डर १६१ रुपैयाँ घटेर आएको जनाइएको छ । यससँगै निगमलाई १ वर्षपछि ग्यासमा नाफा भएको छ ।
यसअघि निगमले डिजेल/पेट्रोलमा नाफा कमाए पनि ग्यासमा घाटा व्यहोर्दै आएको थियो । निगमका अनुसार आगामी १५ दिनमा १ अर्ब ६० करोड रुपैयाँ नाफा हुने प्रक्षेपण गरिएको छ ।
अन्तर्राष्ट्रि बजारमा हुने घटबढ अनुसार आइओसीले हरेक १५/१५ दिनमा निगमलाई नयाँ मूल्य सूची पठाउने गरेको छ ।