काठमाडौं । श्री एयरलाइन्सले आइतबार (असार १७ गते) आफ्ना सबै उडान स्थगित गरेको छ ।
शनिबार ३:३० बजे काठमाडौंबाट धनगढी उडेको फ्लाइट नं. २२५ को जहाजमा प्राविधिक समस्या आएपछि एयरलाइन्सले आइतबार आफ्नो सबै उडान बन्द गर्ने भएको हो ।
आज सबै उडान स्थगित गरी आफ्ना सबै जहाजको प्राविधिक परीक्षण गरिने एयरलाइन्सले जनाएको छ ।
यात्रुलाई सुरक्षीत गन्तव्य पुर्याउनु प्राथमिकतामा रहेको भन्दै एयरलाइन्सले आफ्ना सबै जहाजमा फेरि प्राविधिक समस्या नदेखियोस् भनेर आज परीक्षण गर्न लागेको हो ।
प्राविधिक परीक्षणपछि असार १८ गतेदेखि नियमित उडान गरिने कम्पनीले जनाएको छ ।