भ्रष्टाचार मुद्दामा आयल निगमका पूर्वकार्यकारी निर्देशक खड्का दोषी ठहर

काठमाडौं । गैरकानुनी सम्पत्ति आर्जन (भ्रष्टाचार) मुद्दामा नेपाल आयल निगमका पूर्वकार्यकारी निर्देशक गोपालबहादुर खड्का दोषी ठहर भएका छन् ।

विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल, सदस्यहरू डा. खुसी प्रसाद थारु र शालिग्राम कोइरालाको इजलासले खड्कालाई दोषी ठहर गरेको हो ।

विशेष अदालतले गैरकानुनी सम्पत्ति आर्जनको अभियोगमा उनलाई दोषी ठहर गर्दै कैद सजाय र जरिवाना समेत तोकेको हो ।

विशेष अदालतले उनलाई १ वर्ष ३ महिना कैद सजाय र १८ करोड रुपैयाँ बिगो भराउन समेत आदेश दिएको छ ।

गैरकानुनी रुपमा सम्पत्ति आर्जन गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७८ पुस २३ मा खड्का विरुद्द मुद्दा दायर गरेको थियो । उनीविरुद्ध अख्तियारले १८ करोड ६६ लाख ५ हजार ६२९ रुपैयाँ बिगो समेत माग गरेको थियो ।

 

२४ घण्टा बित्दा पनि खुलेन नारायणगढ-मुग्लिन सडक, बेलाबेलामा पहिरो खसेकोखस्यै Read Previous

२४ घण्टा बित्दा पनि खुलेन नारायणगढ-मुग्लिन सडक, बेलाबेलामा पहिरो खसेकोखस्यै

प्रिमियममा आइपीओ बेच्न रिलायबल लाइफले पायो स्वीकृति, प्रतिकित्ता मूल्य कति ? Read Next

प्रिमियममा आइपीओ बेच्न रिलायबल लाइफले पायो स्वीकृति, प्रतिकित्ता मूल्य कति ?