प्रिमियममा आइपीओ बेच्न रिलायबल लाइफले पायो स्वीकृति, प्रतिकित्ता मूल्य कति ?

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले प्रिमियम मूल्यमा प्राथमिक साधरण सेयर निष्काशन गर्न अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले शुक्रबार कम्पनीलाई आइपीओ बिक्रीको अनुमति दिएको हो ।

बोर्डका अनुसार रिलायबलले अंकित मूल्य १०० रुपैयाँमा १५७ रुपैयाँ प्रिमियम थपेर आइपीओ बिक्री गर्न अनुमति पाएको हो । यस अनुसार अब कम्पनीले प्रतिकित्ता २५७ रुपैयाँ सेयर बेच्न पाउने छ ।

कम्पनीले प्रतिकित्ता २५७ रुपैयाँ दरले २ अर्ब ९८ करोड ९८ लाख रुपैयाँ बराबरको १ करोड २० लाख कित्ता सेयर निष्कासन गर्ने भएको हो । बोर्डको अनुमति पाएसँगै अब कम्पनीले ६० दिनभित्र सेयर बिक्रीमा ल्याउनुपर्नेछ ।

रिलायबलको सेयर निष्काशन तथा बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केट रहेको छ । कम्पनीले नेपाल बीमा प्राधिकरणले तोकेको न्यूनतम चुक्ता पूँजी ५ अर्ब पुर्याउन आइपीओ जारी गर्न लागेको हो ।

भ्रष्टाचार मुद्दामा आयल निगमका पूर्वकार्यकारी निर्देशक खड्का दोषी ठहर Read Previous

भ्रष्टाचार मुद्दामा आयल निगमका पूर्वकार्यकारी निर्देशक खड्का दोषी ठहर

‘ट्रायल’ पास हुने १० प्रतिशतले बढे Read Next

‘ट्रायल’ पास हुने १० प्रतिशतले बढे