नेप्सेमा उच्च अंकको करेक्सन, यी हुन् धेरै मूल्य घट्ने कम्पनी

काठमाडौं । सेयर बजारमा करेक्शन आएको छ । यस साताको अघिल्ला ३ दिनमै १३० अंकले बढेको नेप्सेमा आज दोहोरो अंकको घटेकाे हो ।

सूचकमा गिरावट आए पनि आज कारोबार रकम भने बढेको छ । सँगै आज कारोबार रकममा पनि वृद्धि भएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम ५० करोडले बढेर ५ अर्ब ९७ करोड पुगेको छ ।

बुधबार नेप्से परिसूचक ३५.३७ अंकले घटेर २१५०.९९विन्दुमा आइपुगेको छ । यसदिन २८० कम्पनीको १ करोड ३३ लाख ४२ हजार ९९६ कित्ता सेयर किनबेच भएको छ ।

आज कारोबारमा आएका १३ वटा उपसमूहमध्ये जीवन बीमा बाहेक अरु सबै समूहको परिसूचक घटेको छ । अन्य उपसमूह सबैभन्दा धेरै ३.२९ प्रतिशतले घटेको छ ।

आज हिमालयन लाइफको सर्वाधिक कारोबार भएको छ । यसको ८३ करोड रुपैयाँ बढीको सेयर किनबेच भएको छ । त्यस्तै, शिवम् सिमेन्टको २८ करोड र सोल्टी होटल २३ करोड बढीको कारोबार हुँदै शीर्ष तीनमा रहे ।

दोहोरो अंकले घटेको बजारमा पनि आज ३ कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । हिमालयन लाइफ इन्स्योरेन्स, बीपीडब्ल्यू लघुवित्त र सिटी होटलको सेयर मूल्य १० प्रतिशतले बढेको छ ।

घट्दो बजारमा आज इङवा हाइड्रोपावरका सेयरधनीले सर्वाधिक ६.६४ प्रतिशत गुमाएका छन् । त्यसैगरी, खप्तड लघुवित्त र तारागाँउ होटलका सेयरधनीले पनि ६ प्रतिशत गुमाएका छन् ।

सिटिजन्स बैंकद्वारा क्लब भवन निर्माण गर्न आर्थिक सहयोग Read Previous

सिटिजन्स बैंकद्वारा क्लब भवन निर्माण गर्न आर्थिक सहयोग

महानगरले टेकुमा अत्याधुनिक फोहोर प्रशोधन केन्द्र बनाउँदै, 'सुपरमार्केट' जस्तै व्यवस्थित हुने Read Next

महानगरले टेकुमा अत्याधुनिक फोहोर प्रशोधन केन्द्र बनाउँदै, 'सुपरमार्केट' जस्तै व्यवस्थित हुने