काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले नेपालगन्जकाे धम्बोझी -२, स्थित एक ज्येष्ठ नागरिक क्लब भवन निर्माण उपभोक्ता समितिलाई आर्थिक सहयोग गरेको छ ।
बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त क्लबलाई एक लाख एक हजार रुपैयाँ आर्थिक सहयोग गरेको हो ।
यो सहयोगले ज्येष्ठ नागरिकहरूका लागि क्लब सुविधा निर्माणमा सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।
जेष्ठ नागरिक क्लबले उनीहरूलाई आफ्ना समस्याहरू समाधान गर्न, सदस्यहरूद्वारा पारस्परिक रूपमा लाभ उठाउन र पुनः निर्माण गर्न मद्दत गर्ने बैंकले लक्ष्य राखेको छ ।
आगामी दिनमा पनि बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक,सांस्कृतिक,शैक्षिक आदि जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम संचालन गर्ने योजना रहेको कुरा जानकारी गराएको छ ।
सिटिजन्स बैंकले देशभरका १८४ वटा शाखा, १४१ वटा एटीएम, ३ विस्तार काउन्टर र ९७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट करिव १५ लाख ९० हजार ग्राहकलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ ।