काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र टोखा, काठमाडौंको टोखास्थित टोखा केब फनपार्क प्रालि विशेष छुट सम्बन्धी सम्झौता भएको छ ।
सम्झौता अनुसार सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ्ग ग्राहकले उक्त फनपार्कमा १५ प्रतिशतसम्मको आकर्षक छुट पाउने छन् ।
यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरू लाभान्वित हुने साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ ।
बैंकले डिजिटल बैंकिङ्ग माध्यमहरूको प्रयोगलाई बढाउन र ग्राहकहरूलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरू सञ्चालनमा ल्याउँदै आएको छ । डिजिटल कारोबार गर्दा पाइने छुट सम्बन्धी विस्तृत विवरणहरू सिटिजन्स बैंकको वेबसाइटमा प्राप्त गर्न सकिनेछ ।
सिटिजन्स बैंकले हाल देशभरका १८४ वटा शाखा, ३ वटा विस्तारित काउण्टर, १४१ वटा एटीएम, ६ वटा कियोस्क सेवा र ९७ वटा शाखा रहित बैंकिङ्ग इकाईहरूबाट करिब १५ लाख ९० हजार ग्राहकलाई आधुनिक बैंकिङ्ग सेवाहरू प्रदान गर्दै आएको छ ।