सामसङले ल्यायो इन्स्टा फाइनान्स सुविधा, २५ हजार बढीका फोन शून्य प्रतिशत ब्याजमा पाइने

काठमाडौं । सामसङले नेपालमा इन्स्टा फाइनान्स सुविधा सुरु गरेको छ । कम्पनीले आफ्ना उपभोक्ताका लागि शून्य प्रतिशत ब्याजदर मोबाइल किन्ने सुविधा दिन इन्स्टा फाइनान्स योजना ल्याएको हो ।

यो योजना अन्तर्गत ग्राहकले २५ हजार रुपैयाँभन्दा बढीको सामसङ फोन किन्दा शून्य प्रतिशत ब्याजदरमा फाइनान्स सुविधा पाउने छन् ।

यस योजनाको उद्देश्य नेपालभरका ग्राहकहरूले सजिलैसंग आफ्नो चाहना बमोजिमको स्मार्ट फोन किन्न सक्षम भई वित्तीय समावेशीकरणमा सहयोग पुर्याउनु रहेको छ ।

कम्पनीले हुलास फिन सर्भ (एचएफएल) संगको सहकार्यमा इन्स्टा फाइनान्स सुविधा ल्याएके हो । सामसङ इन्स्टा फाइनान्स एक झन्झटरहित, तत्काल फाइनान्स सुविधा उपलब्ध हुने सहज उपाय हो, जसको मासिक किस्ताको ब्याजदर शून्य रहेको छ ।

सामसङ नेपालका निर्देशक प्रणय रत्न स्थापितले भने, ‘सामसङ आज आफ्नो ग्राहकहरू कै कारणले यहाँसम्म पुग्न सफल भएको हो भन्नेमा विश्वास गर्दछौं । हामी उनीहरूको आवश्यकता र जरुरतहरूलाई बुझ्दछौं, त्यसैले हामी हाम्रो उत्कृष्ट उत्पादनहरू र सेवाहरू उपलब्ध गराउने गर्दछौं, हामीले ल्याएको इन्स्टा फाइनान्स त्यस्तै एउटा मुख्य पहल हो । सासमङ इन्स्टा फाइनान्स ग्राहक केन्द्रित रहेको छ जसले ग्राहकहरूलाई सहजतापूर्वक सामसङको नवीनतम अत्याधुनिक प्रविधिमा अपग्रेड गराउन सक्छ ।’

हाललाई यो सुविधा सामसङले नेपालका सम्पूर्ण प्रमुख बजारका २०० वटाभन्दा धेरै शोरुमहरूमा उपलब्ध गराउनेछ । यो योजनालाई अर्को महिनासम्ममा आफ्नो नेटवर्कमार्फत् बढाउँदै लग्ने योजना सामसङको रहेको छ ।

सामसङ इन्स्टा फाइनान्सले कसरी काम गर्दछ ?

यो अत्यन्त सरल, झन्झटरहित, र तुरुन्तै हुने प्रक्रिया हो । यसको लागि क्रेडिट कार्डको समेत जरुरत पर्ने छैन । ग्राहकहरूले केही सामान्य प्रक्रियाहरू पूरा गरेपछि तत्काल कर्जा प्राप्त गर्न सक्दछन् ।

ग्राहकहरूले आवश्यक कागजातहरू (आवेदकको नागरिकता प्रमाणपत्र, र फोटो, ग्यारेन्टर बस्नेको नागरिकता प्रमाणपत्र र फोटो तथा आवेदकको आयस्रोत खुलेको पत्र)सहित इन्स्टा फाइनान्सको सेवा प्रदान गरिरहेको स्टोरमा जानु पर्नेछ । यसरी उपलब्ध गराइएका कागजाताहरू प्रमाणीकरण भएपछि ग्राहकहरूले कानूनी कागजातहमा हस्ताक्षर गर्नु पर्नेछ, त्यस पश्चात् उनीहरूले चाहेको स्मार्टफोन प्राप्त गर्न सक्नेछन् ।

यो कार्यक्रम ग्राहकहरू र स्मार्टफोन रिटेलरहरू दुवैका लागि लाभदायक हुनेछ । ग्राहकहरूले सजिलै ऋण सुविधा पहुँच गर्न सक्दछन, न्यूनतम शुल्कमा नै आफ्नो रोजाइको स्मार्टफोनहरू खरिद वा अपग्रेड गर्न सक्दछन भने स्मार्टफोन रिटेलरहरू पनि अझै धेरै स्मार्टफोन बेचेर आफ्नो ब्यापार वृद्धि गराउन सक्नेछन ।

 

अपि पावरले पायो हकप्रद सेयर जारी गर्न अनुमति Read Previous

अपि पावरले पायो हकप्रद सेयर जारी गर्न अनुमति

हवाई भाडामा भ्याट लगाउँदा पर्यटक आवागमनमा गम्भीर असर पर्छ : नाट्टा Read Next

हवाई भाडामा भ्याट लगाउँदा पर्यटक आवागमनमा गम्भीर असर पर्छ : नाट्टा