काठमाडौं । अपि पावर कम्पनीले हकप्रद सेयर निष्काशन गर्न अनुमति पाएको छ ।
नेपाल धितोपत्र बोर्डले अपिलाई हाल कायम चुक्ता पूँजीको ४० प्रतिशत अर्थात् १:०.४ अनुपातमा हकप्रद सेयर निष्काशन गर्न अनुमति दिएको हो ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरले १ अर्ब ६५ करोड ३३ लाख १३ हजार ७०० रुपैयाँ बरारबको १ करोड ६५ लाख ३३ हजार १३७ कित्ता हकप्रद सेयर निष्काशन गर्न अनुमति पाएको हो ।
कम्पनीले हाल सञ्चालन गरी गरिरहेको आयोजनाहरुको ऋणमोचन गर्न हकप्रद सेयर निष्काशन गर्न लागेको हो। कम्पनीले हाल ५ वटा आयोजना संचालन गरिरहेको छ ।
जसमा ८ मेगावाटको अप्पर नौगड गाढ जलविद्युत आयोजना, ८.५ मेगावाटको गौगड गाढ जलविद्युत आयोजना, ४ मेगावाटको चन्द्रनिगाहपुर सौर्य विद्युत आयोजना र १.१ मेगावाटको ढल्केबर सौर्य विद्युत आयोजना र सिमरा सौर्य विद्युत आयोजना रहेका छन् ।
यी आयोजना सञ्चालन गर्न कम्पनीले कुल १ अर्ब ६८ करोड ५५ लाख ७४ हजार ६५ रुपैयाँ ४३ पैसा ऋण लिएको छ।