काठमाडौं । पछिल्लो समय निरन्तर ओरालो लागेको सेयर बजारमा सोमबार एकाएक आएको उछाल एकदिन पनि टिक्न सकेन । हिजो दोहोरो अंकले बढेको बजारमा आज करिब ६ अंकको गिरावट आएको छ भने कारोबार रकम पनि ह्वात्तै घटेको छ ।
दशैं पछिका दिनहरुमा औसतमा २० करोड रुपैयाँको हाराहारीमा कारोबार हुँदै आएकोमा सोमबारकरिब ५५ करोडको कारोबार भएको थियो भने आज १७ करोडले घटेको छ ।
आज सेयर बजार मापक सूचक नेप्से ५.६१ अंकले बढेर ११३९.९६ विन्दुमा पुगेको छ । आज १६१ कम्पनीको ३७ करोड ९८ लाख ४९ हजार ४३५ रुपैयाँको कारोबार भएको छ । १० लाख ८२ हजार ८१५ कित्ता सेयर किन बेच भएका छन् ।
कारोबार भएका ११ वटा समूहमध्येमा उत्पादनमूलक समूह बाहेक बाँकी सबै १० समूहकै सूचक ओरालो लागेका छन् । आज उत्पादनमूलक समूहको सूचक ९.१८ अंकले बढेको छ भने निर्जीवन बीमा समूहको सूचक सबैभन्दा धेरै ५५.८९ अंकलेघटेको छ ।बैकिङ्ग समूह पनि ५.३१ अंकले घटेको छ ।
कारोबार रकमको आधारमा हिमालय डिष्टिलरीको सेयर शीर्ष स्थानमा रह्यो । यसको ६ करोड ९७ लाख ४० हजार ३५८ रुपैयाँको कारोबार भएको छ ।
कारोबारकै आधारमा एनएमबी बैंक र चिलिमे हाइड्रोपावरको सेयर क्रमशः दोस्रो र तेस्रोमा रहेका छन् । एनएमबीको ६ करोड ४५लाख र चिलिमको २ करोड ५० लाख रुपैयाँभन्दा बढीको सेयर खरिद–बिक्री भएको छ ।
आज हिमालय डिस्टिलरीको सेयर मूल्य सबैभन्दा धेरै ७.५४ अंकले प्रतिशतले बढेको छ भने जोशी हाइड्रोपावरको सेयर मूल्य सबैभन्दा धेरै ५.०८ प्रतिशतले घटेको छ ।