विश्व अर्थतन्त्र परिर्वतनशील छ । हरेक दिन तलमाथि भइरहन्छ । अर्थतन्त्र र त्यसको उत्पादकत्व मापन गर्नका लागि प्रयोग हुने अर्बौं चरहरु हरेक समय परिर्वतन भइरहेका हुन्छन् ।
मानिसहरुले गर्ने किराना किनमेल देखि लिएर मोटरसाइकल वा गाडीमा हाल्ने इन्धनहरुले पनि खर्बौं डलरको अर्थतन्त्रको समग्रतामा प्रभाव पारेकै हुन्छन् ।

र, उपभोक्ताको रुची, प्रविधि, व्यापार सम्बन्ध, मुद्राको मूल्याङ्कन जस्ता विषयहरुले पनि ८६ ट्रिलियन डलरको विश्व अर्थतन्त्रको कूल संरचनामा प्रभाव पारिरहन्छन् ।
यहाँ विश्व बैंकको तथ्याङकमा आधारित रहेर विश्वको पछिल्लो आर्थिक संरचना प्रस्तुत गरिएको छ । यहाँ प्रस्तुत गरिएको जीडीपी ‘नोमिनल जीडीपी’ (मुद्राको क्रय शक्तिसँग समायोजन नगरिएको) हो ।

यहाँ माथि उल्लेख गरिएका १५ वटा अर्थतन्त्रले विश्वको कूल जीडीपीको ७५ प्रतिशत हिस्सा ओगट्छन् । अमेरिका र चीनबीचको फरक कम हुँदैछ । नोमिनल जीडीपीको हिसाबले अहिले चीनको अर्थतन्त्र अमेरिकी अर्थतन्त्रको ६६.४ प्रतिशत रहेको छ ।
विश्व बैंकले क्षेत्रीय आधारमा पनि जीडीपीको आकार प्रस्तुत गरेको छ, जसले थप केही सूचानाहरु दिन्छ । गरिब देशहरु, जोसँग कूल ७० करोड भन्दा बढी जनसंख्या छ, उनीहरुको विश्व जीडीपीमा ०.६ प्रतिशत मात्र हिस्सा छ ।
