कुथेली बुखरी स्मल हाइड्रोपावरको आइपीओ भर्ने आज अन्तिम दिन

काठमाडौं । कुथेली बुखरी स्मल हाइड्रोपावर लिमिटेडको प्राथमिक साधरण सेयर (आइपीओ)मा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।

कम्पनीले जेठ १९ गतेदेखि आयोजना प्रभावित क्षेत्र दोलखाका स्थानीय बासिन्दाका लागि बिक्रीमा ल्याएको सेयरमा आवेदन दिने आज अन्तिम दिन हो ।

कम्पनीले आयोजना प्रभावित क्षेत्रका वासिन्दाका लागि प्रतिकित्ता १०० रुपैयाँ दरले १ करोड २१ लाख ८६ हजार ८०० रुपैयाँ बराबरको १ लाख २१ हजार ८६८ कित्ता सेयर निष्काशन गरेको हो । सो सेयरमा दोलखाको कालिञ्चोक गाउँपालिका वडा नं. ९ (साविकको सुष्पा क्षमावती गाविसका सम्पूर्ण वडा) र भिमेश्वर नगरपालिका वडा नं. १ (साविकको सुन्द्रावती गाविसका सम्पूर्ण वडा) का बासिन्दाहरुले आवेदन दिन सक्नेछन्।

कम्पनीको आइपीओमा न्यूनतम १० कित्तादेखि अधिकतममा १ हजार कित्ताका लागि आवेदन दिन सकिनेछ । स्थानीय बासिन्दाले लक्ष्मी बैंक, सिटिजन्स बैंक इन्टरनेशनल, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक र सिद्धार्थ बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटल लिमिटेड रहेको छ।आइपीओ निष्काशनको लागि गराएको रेटिङमा इक्रा नेपालले कम्पनीलाई इक्राएनपी इस्यूअर रेटिङ त्रिपल बी माइनस रेटिङ दिएको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको जनाउँदछ ।

कम्पनीले प्रबर्धन गरिरहेको ९९८ किलोवाटको सुष्पा बुखरी खोला साना जलविद्युत आयोजनाको कुल अनुमानित लागत २४ करोड ७५ लाख ५७ हजार ३३१ रुपैयाँ रहेको छ भने प्रतिमेगावाट कुल अनुमानित लागत २४ करोड ८० लाख ५३ हजार ४३७ रुपैयाँ रहेको छ।

थ्रीस्टार हाइड्रोपावरको आइपीओ खुल्यो Read Previous

थ्रीस्टार हाइड्रोपावरको आइपीओ खुल्यो

काठमाडौं महानगरले ११ महिनामा उठायो सवा ८ अर्ब राजस्व Read Next

काठमाडौं महानगरले ११ महिनामा उठायो सवा ८ अर्ब राजस्व