थ्रीस्टार हाइड्रोपावरको आइपीओ खुल्यो

काठमाडौं । थ्रीस्टार हाइड्रोपावर लिमिटेडको आज (कार्यालय समय) देखि प्राथमिक साधरण सेयर (आइपीओ) बिक्री खुला हुने भएको छ ।

कम्पनीले सर्वसाधरणका लागि प्रतिकित्ता १०० रुपैयाँ दरले ६ करोड १३ लाख १६२ हजार रुपैयाँ बराबरको ६ लाख १३ हजार १६२ कित्ता सेयर बिक्रीमा ल्याएको हो ।

कम्पनीको आइपीओमा असार ८ गतेसम्म आवेदन दिन पाइने छ । सो अवधिमा सबै सेयर बिक्री नभएमा ढिलोमा असार १९ गतेसम्म आवेदन दिन सक्नेछन् ।

लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्ताको लागि आवेदन दिन सक्नेछन् । कम्पनीको आइपीओमा नेपाल धितोपत्र बोर्डबाट सी-आस्बा अनुमति प्राप्त सम्पूर्ण बैंक तथा वित्तीय संस्था, तिनका शाखा कार्यालयहरु र मेरो सेयरमार्फत अनलाइन आवेदन दिन सकिनेछ ।

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटल रहेको छ । रेटिङ एजेन्सी इक्रा नेपालले कम्पनीको आइपीओलाई ‘इक्रा एनपी डबल बी माइनस रेटिङ’ दिएको छ । यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा उच्च स्तरको जोखिम रहेको संकेत गर्छ ।

इङवा हाइड्रोपावरको आइपीओ सूचीकृत, ओपन रेन्ज कति ? Read Previous

इङवा हाइड्रोपावरको आइपीओ सूचीकृत, ओपन रेन्ज कति ?

कुथेली बुखरी स्मल हाइड्रोपावरको आइपीओ भर्ने आज अन्तिम दिन Read Next

कुथेली बुखरी स्मल हाइड्रोपावरको आइपीओ भर्ने आज अन्तिम दिन