इङवा हाइड्रोपावरको आइपीओ सूचीकृत, ओपन रेन्ज कति ?

काठमाडौं । इङवा हाइड्रोपावरको प्राथमिक साधरण सेयर (आइपीओ) नेपाल स्टक एक्स्चेन्ज (नेप्स)मा सूचीकृत भएको छ ।

बिहीबार कम्पनीले स्थानीय, सर्वसाधरण र संस्थापकलाई जारी गरेको सेयर नेप्सेमा सूचीकृत गरेको हो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरको ६० लाख कित्ता सेयर सूचीकृत गरेको हो ।

नेप्सेमा सूचीकृत भएसँगै कम्पनीको सेयर मंगलबारदेखि दोस्रो बजारमा कारोबारमा आउने छ । यद्यपि, प्रि ओपन सेसनमा कारोबार हुन नसके नियमित कारोबारमा आउने छैन ।

कम्पनीको सेयर कारोबारका लागि नेप्सले न्यूनतम ९७.२९ रुपैयाँदेखि २९१.८७ रुपैयाँँ ओपनिङ्ग रेन्ज तोकेको छ । यही बीचमा रहेर कम्पनीको पहिलो सेयर कारोबार हुनेछ ।

नेप्सेले कम्पनीको सेयर कारोबारका लागि IHL संकेत चिह्न प्रदान गरेको छ ।

नेपालमा खाद्य असुरक्षा बढ्यो, ६ प्रतिशत कुपोषणबाट ग्रसित Read Previous

नेपालमा खाद्य असुरक्षा बढ्यो, ६ प्रतिशत कुपोषणबाट ग्रसित

थ्रीस्टार हाइड्रोपावरको आइपीओ खुल्यो Read Next

थ्रीस्टार हाइड्रोपावरको आइपीओ खुल्यो