ग्लोबल आइएमई बैंकको नयाँ शाखा बन्दीपुरमा

काठमाडौं । ग्लोबल आइएमई बैंकले तनहूँ जिल्ला, बन्दीपुरको बन्दीपुर गाँउपालिकामा नयाँ शाखा सञ्चालनमा ल्याएको छ। ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले सो शाखा सञ्चालनमा ल्याएको हो।

 

बन्दीपुर शाखा सञ्चालनसँगै बैंकको शाखा कार्यालयहरुको संख्या १५० पुगेको बैङ्कले जानकारी दिएको छ।

 

बैंकले १५० वटा शाखा, ३० वटा राजश्व संकलन तथा एक्सटेन्सन काउण्टर, १५० एटीएम तथा १९४ शाखारहित बैंकिङ्ग सेवा र नेपालबाहिर ३ प्रतिनिधिरसम्पर्क कार्यालयमार्फत ११ लाखभन्दा बढि ग्राहकहरुलाई सेवाप्रदानगर्दै आइरहेको छ।

 

त्यस्तै अत्याधुनिक प्रविधियुुक्त भाइवर बैंकिङ्ग सेवा, मोबाइल बैंकिंङ्ग सेवा, इन्टरनेट बैंकिङ्ग सेवाको साथमा बिना धितो १५ लाख रूपैयाँसम्मको प्रोफेशनलकर्जा पनि प्रदानगर्दै आइरहेको छ।

ऊर्जामा दीर्घकालीन सहकार्यतर्फ नेपाल र बङ्गलादेश Read Previous

ऊर्जामा दीर्घकालीन सहकार्यतर्फ नेपाल र बङ्गलादेश

सहकारीका ५ लाख कर्मचारी सामाजिक सुरक्षामा सहभागी हुँदै Read Next

सहकारीका ५ लाख कर्मचारी सामाजिक सुरक्षामा सहभागी हुँदै