हुन्डाईका ईभी किन्न प्रभु बैंकले ऋण दिने

काठमाडौं । प्रभु बैंक लिमिटेड र लक्ष्मी कन्टिनेन्टल प्रालि बीच विद्युतीय सवारीसाधनमा लगानी सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।

सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख व्यापार अधिकृत रेनुप्रसाद पाण्डे र लक्ष्मी कन्टिनेन्टलका तर्फबाट महाप्रबन्धक इन्द्र सापकोटाले हस्ताक्षर गरे ।

उक्त सम्झौता अनुसार लक्ष्मी कन्टिनेन्टलले बिक्री गर्ने इलेक्ट्रीक भेहिकल किन्न बैंकले छिटो, छरितो र सुलभ ब्याजदरमा कर्जा उपलब्ध गराउने छ ।

यो सुविधा बैंकका देशभरकै ३०१ शाखाबाट उपलब्ध हुने बैंकले जनाएको छ । लक्ष्मी कन्टिनेन्टलले हाल  हुन्डाइका ईभी बिक्री गर्दै आएको छ ।

यस सम्झौताबाट पेट्रोलियम पदार्थ खपतमा आधारित सवारीसाधनलाई विद्युतीय सवारीसाधनले प्रतिस्थापन गरी वातावरणिय सन्तुलनको दृष्टिकोणमा सहयोगी हुने बैंकले विश्वास लिएको छ ।

 

 

इम्बोस्ड नम्बर प्लेट नेपाली भाषामा राख्ने तयारी अघि बढाइँदै, तथ्यांक संकलन सुरू Read Previous

इम्बोस्ड नम्बर प्लेट नेपाली भाषामा राख्ने तयारी अघि बढाइँदै, तथ्यांक संकलन सुरू

घोराही सिमेन्टको प्रिमियममा आइपीओ खुल्यो, प्रतिकित्ता मूल्य कति ? Read Next

घोराही सिमेन्टको प्रिमियममा आइपीओ खुल्यो, प्रतिकित्ता मूल्य कति ?