घोराही सिमेन्टको प्रिमियममा आइपीओ खुल्यो, प्रतिकित्ता मूल्य कति ?

काठमाडौं । घोराही सिमेन्ट इण्डष्ट्री लिमिटेडले आज (कार्यालय समय)देखि प्रिमियम मूल्यमा प्राथमिक साधरण सेयर (आइपीओ) बिक्री खुला गर्ने भएको छ । कम्पनीले दोस्रो चरणमा सर्वसाधरणका लागि आइपीओ बिक्रीमा ल्याएको हो ।

कम्पनीले प्रतिकित्ता ४३५ रुपैयाँ (अंकित मूल्य १०० मा ३३५ रुपैयाँ प्रिमियम थपेर) दरले ६९ लाख ११ हजार ६७० कित्ता सेयर बिक्रीमा ल्याएको हो ।

कम्पनीको आइपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १० लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको आइपीओमा असार ४ गतेसम्म आवेदन दिन पाइने छ । सो अवधिमा सबै सेयर विक्री नभएमा ढिलोमा जेठ असार १४ गतेसम्म आवेदन दिन पाउने छन् ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट सी आस्बा अनुमति प्राप्त सम्पूर्ण बैंक तथा वित्तीय संस्था, तिनका शाखा कार्यालयहरु र मेरोसेयरमार्फत अनलाइन आवेदन दिन सक्नेछन् ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेड र नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ । आइपीओ निष्काशनको लागि गराइएको रेटिङमा केयर रेटिङ नेपालले कम्पनीलाई ‘केयरएनपी ट्रिपल बी माइनस इस्यूअर’ रेटिङ दिएको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको जनाउँदछ ।

हुन्डाईका ईभी किन्न प्रभु बैंकले ऋण दिने Read Previous

हुन्डाईका ईभी किन्न प्रभु बैंकले ऋण दिने

कानुन नहुँदा सञ्चालनमा आएनन् १३ करोडमा किनेको विद्युतीय बस Read Next

कानुन नहुँदा सञ्चालनमा आएनन् १३ करोडमा किनेको विद्युतीय बस